हप्तैपिच्छे मुलुक छाड्दै नर्स

हप्तैपिच्छे मुलुक छाड्दै नर्स

काठमाडौं : मासिक चालिस हजारभन्दा बढी तलबभत्ता बुझिरहेकी त्रिवि शिक्षण अस्पतालकी स्थायी नर्स उर्मिला गुभाजु राजीनामा दिएर हालै क्यानडा पुगिन्। उनकै जति सुविधा लिइरहेकी कुसुम श्रेष्ठ पनि पछ्याउँदै अस्ट्रेलिया उडिन्। कान्ति बाल अस्पतालको आईसीयुमा कार्यरत स्टाफ नर्स संगीता श्रेष्ठ अस्ट्रेलिया जाने तयारीमा छिन्। वीर अस्पतालमा कार्यरत नर्सहरू पनि मुलुक छोड्ने मनस्थितिमा छन्। स्वदेशमा सेवा-सुविधा र भविष्य नदेखेपछि विदेश पलायन हुने नर्सको संख्या बढ्दै गएको छ।

स्वदेशमा काम गर्ने नर्सको रोजगारीका लागि आकर्षणको केन्द्र मानिने शिक्षण अस्पतालमै राजीनामा दिनेको संख्या बढ्दो छ। ०७४ भदौ १४ गतेदेखि मंसिर २९ गतेसम्ममा २६ जना स्टाफ नर्सले राजीनामा दिए। अस्पतालकी नर्सिङ निर्देशक कोपिला श्रेष्ठ पालिखेले अन्नपूर्णसँग भनिन्, ‘त्यसको सट्टा करारमा स्टाफ लिएर पदपूर्ति गर्दै थियौं फेरि तीन जनाले राजीनामा दिए। हामी ६/६ महिनामा नयाँ नर्स नियुक्ति लिन्छौं।'

नयाँ नर्सको आवश्यकता भन्दै विज्ञापन गरेर नियुक्त गरेको महिना दिननबित्दै पुरानाले राजीनामा दिने चलन नयाँ होइन। शिक्षण अस्पतालका प्रशासन प्रमुख गोविन्द प्रधानका अनुसार अस्पतालमा औसत प्रत्येक तीन दिनमा एक जनाले राजीनामा दिएका छन्। उनी भन्छन्, ‘महिनामा दस जनाको राजीनामा आइरहेको हुन्छ।' ६/६ महिनामा अस्पतालको पदपूर्ति समितिले २५/३० जना नर्सलाई करारमा नयाँ नियुक्त गरिरहनु परेको छ।'


नर्सहरूको आकर्षण केन्द्र मानिएको शिक्षण अस्पतालमै चार महिनामा २६ जना स्टाफ नर्सले राजीनामा दिएका छन्।

नर्सिङ निर्देशक पालिखे पनि नर्सहरूको विदेशमोह देखिनु स्वाभाविक भएको बताउँछिन्। आकर्षक तलब-भत्तासहितको सेवा-सुविधा र भविष्य सुन्दर बनाउने चाहनाले मुुलुक छोड्नेहरू बढिरहेको उल्लेख गर्दै उनी भन्छिन्, ‘नियुक्त गरेलगत्तै पुराना नर्सले दिएको राजीनामा बटुल्यो। त्यसपछि फेरि नयाँ खोज्ने काम सुरु भइरहेको हुन्छ।' शिक्षण अस्पतालमा कार्यरत नर्सहरूको यो अवस्था छ भने अन्य अस्पतालमा कार्यरतको त झन् विदेश नै प्रमुख उद्देश्य हुने गरेको छ।

पाँच वर्षयता नर्स पलायन हुने क्रम बढेको हो। उनीहरूको पहिलो गन्तव्य अस्टे«लिया हो। त्यसपछि क्यानाडा, अमेरिका र बेलायत हुने गरेको छ। शिक्षण अस्पतालमा २०७२ सालमा ५७ जना, २०७३ मा ६९ जना, ०७४ मा अहिलेसम्म ४५ जनाले राजीनामा दिएको अस्पताल स्रोतले जनाएको छ। नर्सिङ निर्देशक पालिखे भन्छिन्, ‘यो संख्या अझै बढ्न सक्छ। पच्चीस/तीस जना विदेश जाने प्रक्रियामा छन्।'

शिक्षण अस्पतालको मात्र तथ्यांक केलाउने हो भने चार वर्षको अवधिमा एक सय ९३ जनाले राजीनामा दिएका छन्। नर्सिङ निर्देशक पालिखे भन्छिन्, ‘नर्सहरूको पहिलो रोजाइ विदेश र दोस्रो शिक्षण अस्पताल भन्ने गरिन्छ। अन्य अस्पताल एवं नर्सिङ होममा कार्यरतको संख्या पनि हेर्ने हो भने विदेश पलायन चुलिँदै गएको छ।' शिक्षण अस्पतालमा कार्यरत ६ सय नर्समध्ये ३ सय १७ जना स्थायी र २ सय ८३ जना रारमा छन्।

नेपाल नर्सिङ संघकी कार्यबाहक अध्यक्ष गंगा थापा नर्सहरूले मुलुक छोड्ने क्रम तीव्र बन्दै गएको बताउँछिन्। उनी भन्छिन्, ‘रोजगारी र सेवा-सुविधाको सुनिश्चितता नहुँदा विदेश पलायन बढेको हो। कति गइसके भन्ने तथ्यांक कतै छैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.