डोटीमा आन्दोलन उग्र बन्दै : १० राउण्ड हवाइ फायर, तीन घाइते

डोटीमा आन्दोलन उग्र बन्दै : १० राउण्ड हवाइ फायर, तीन घाइते

डोटी : प्रदेश अस्थायी राजधानीको विषयलाई लिएर सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ। बिहीबार दिउँसो दिपायलमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ।

दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालय आगाडि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १० राउण्ड हवाइ फायर भएको छ। झडपमा परी तीन आन्दोलनकारी घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

क्षेत्रीय प्रशासन कार्यालय अगाडि आन्दोलनकारीले प्रधानमन्त्रीको पुत्ला जलाएपछि झडप भएको हो। प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्याससमेत प्रहार गरेको थियो।

सरकारी मोटरसाइकल जलाइयो
आन्दोलनकारीले सरकारी मोटरसाइकलमा आगजनी गरेको छ। सरकारले गरेको निर्णयको विरोधमा जारी आन्दोलनका क्रममा डोटीमा मोटरसाइकल जलाइएको हो।

बा १ ब ७६३९ नम्बरको मोटरसाइकलमा आन्दोलनकारीले आगो लगाएका हुन्। सदरमुकाम सिलगढीस्थित जिल्ला वन कार्यालयमा रोकेर राखिएको उक्त मोटरसाइकल आन्दोलनकारीले सडकमा ल्याएर आगो लगाएका हुन्।

प्रदेश राजधानी माग्दै डोटीमा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयोप्रदेश राजधानी माग्दै डोटीमा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो

शव यात्रा निकालियो
सरकारले प्रदेशको राजधानी धनगढी स्थापना गरेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गरिएको छ। विरोधमा नेपाली कांग्रेसको पार्टी कार्यालय परिसरमा देउवा दम्पतीको पुतला बनाई शव यात्रा निकालिएको छ। शव यात्राको नाम दिइएको र्‍याली नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय आगाडि गइ कोण सभामा परिणत हुने र पुतला दहन गरिने आन्दोलनकारीले बताएका छन्। सरकारको निर्णको विरोध गर्दै सरकारको मात्र नभएर प्रधानमन्त्री शेरबहादुर देउवा तथा आरजु देउवाको सामाजिक सञ्जालमार्फत कडा रुपमा विरोध भइरहेको छ।

doti-1_1

पार्टी कार्यालयमा कालो झण्डा
नेपाली कांग्रेस डोटीको पार्टी कार्यालयमा कांग्रेसकै नेता तथा कार्यकर्ताद्वारा कालो झण्डा राखिएको छ। पार्टीको झण्डा निकालेर कालो झण्डा राखिएको हो। पार्टी कार्यालयमा राखिएको बोर्डलाई समेत निकाल्ने काम भइरहेको छ।नेपाली कांग्रेसको पार्टी कार्यालयलाई गेष्टहाउसको रुपमा परिणत गर्ने बताइएको छ।

डोटी कांग्रेसीद्वारा पार्टी सदस्यता परित्याग
सरकारले प्रदेश नम्बर ७ को राजधानी धनगढी तोकेसँगै आफ्नो पार्टीको विरोधमा डोटी कांग्रेसका नेता तथा कार्यकर्ताले सामुहिकरुपमा पार्टी सदस्यता परित्यागको घोषणा गरेका छन्। नेपाली कांग्रेस डोटीको कार्यसमितिको बैठक बसी सरकारमा नेपाली कांग्रेस भएकाले प्रादेशीक राजधानी डोटी नबनाएकोमा दुःख व्यक्त गर्दै यस्तो निर्णय गरेका हुन्। ‘आन्दोलन जारी रहनेछ’, नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले भने, ‘कांग्रेस सरकारमा हुँदाहुँदै पनि डोटी विरुद्धको निर्णयले डोटी कांग्रेसलाई अप्ठ्यारो परिरहेको छ।’ आन्दोलन हाम्रो जारी रहन्छ उनले भने।

‘अहिले नेपाली कांग्रेस पाटीमा रहेकाले नेपाली कांग्रेस डोटीलाई ठूलो दबाब र नैतिक संकट रहेको छ’, नेपाली कांग्रेस डोटीका सचिब नारायण जोशीले भने, ‘सरकारबाट डोटीको पक्षमा निर्णय नआएका कारण यस्तो निर्णय गर्नु परेको हो, अझै कठोर निर्णय लिन डोटी कांग्रेस अगाडि बढ्ने छ।’

राष्ट्रिय सभा निर्वाचन बहिस्कार
प्रदेश नम्बर ७ को माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन सरकारले डोटीमा हुने निर्णय गरेको भएपनि प्रदेशको राजधानी डोटीमा कायम नगरिएका कारण कुनै हालतमा पनि उक्त निर्वाचन हुन नदिने बताइएको छ। त्यसैगरी डोटीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु समेत आन्दोलनमा उत्रेका छन्। उनीहरुले आन्दोलनमा आफ्नो ऐकेबद्धता रहेको भन्दै पदबाट समेत राजीनामा दिन तयार रहेको बताए। उनीहरुले राष्ट्रिय सभा सदस्य निर्वाचन समेत बहिस्कार गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.