वाम गठवन्धन फुटाउन देशी विदेशी शक्ति सक्रियः नेता पाण्डे

वाम गठवन्धन फुटाउन देशी विदेशी शक्ति सक्रियः नेता पाण्डे

नुवाकोट : एमाले पोलिट ब्यूरो सदस्य तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कम्युनिस्टको एकता देखेर देशमा वाम गठबन्धनलाई फुटाउन देशी विदेशी शक्ति सक्रिय भएको बताएका छन्। नेता पाण्डेले देशमा संविधानको लक्ष्य अनुसार स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनबाट देशै कम्युनिष्टमय हुँदा पार्टी एकीकण हुन नदिन केही शक्ति शक्रिय भएको खुलासा गरेका छन्।

नुवाकोटको पूर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका ९ नलगाउँमा रहेको करुणाकर आधरभूत विद्यालयको बिहीबार २२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेता पाण्डेले एमाले र माओवादीको एकतासँग विदेशी शक्ति आतंकित भएको बताएका हुन्।

नेता पाण्डेले जुनुसुकै शक्तिले जुनसुकै अवरोध खडा गरे पनि एमाले र माओवादीको एकता हुने ठोकुवा गरे। उनले उनले जसले जस्तो खेल खेले पनि वाम गठवन्धनबीच केही सातामै दुई पार्टीबीच एकता भएरै छाड्ने बताए । ‘निर्वाचनमा हामी एक भएर मैदानमा गएका थियौं, आम जनताले हाम्रो एकतालाई विश्वास गरी मत दिइसकेका छन्’, नेता पाण्डेले अगाडि भने, ‘अब आम मतदातासंगसँग पार्टी एक हुने वाचा गर्दै मागेको मतको कदर हुन्छ।’

नेता पाण्डेले जसरी हुन्छ सत्ताको आयु लम्ब्याउने ध्यानमा प्रधानमन्त्री देउवा रहेको आरोप लगाए। पाण्डेले अब बन्ने स्थिर सरकारले देशमा आमुल परिवर्तन ल्याउने र जनताको विश्वासमा घात नहुने बताए।

पाँच वर्षसम्म नेकपा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको दाबी छ। कार्यक्रममा विद्यालयमा लामो समय अध्यापन गरी अवकाश भएका प्रधानाध्यापक राजदेव रायसहित विद्यालयमा विभिन्न योगदान पुर्‍याउने १४ जनालाई सम्मान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.