आन्दोलन आवश्यक छैन : ओली

   आन्दोलन आवश्यक छैन : ओली

काठमाडौं :  एमाले अध्यक्ष केपी ओलीले प्रदेश प्रमुख र मुकाम परिवर्तन हुने हुँदा यस बिषयमा आन्दोलनको आवश्यक्ता नभएको बताएका छन्। स्वास्थ्य परीक्षण गरी बिहीबार स्वदेश फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सरकारले नियुक्ति गरेको प्रदेश प्रमुख र मुकामका आफूहरूको सहमति नभएको बताए।

प्रदेस मुकामका बिषयमा किन आन्दोलन गर्नेभन्दै उनले भने, ‘यसको अन्तिम टूगो त संविधान अनुसार प्रदेश सभाको दुई तिहाईले गर्छ। प्रदेश मुकाम कहाँ राख्ने भन्ने आधिकारिक निर्णय त प्रदेशसभा बैठकको दुई तिहाईले गर्ने हो। त्यसैले आन्दोलन आवश्यक छैन।'

प्रदेशका मुकामबारे सोधिएको प्रश्नमा ओलीले प्रदेशसभाका बैठकपछि त्यसले अनुकुलता, आवश्यकता र सम्भाब्यताका आधारमा प्रदेशका स्थायी मुकाम तोक्ने हुँदा सरकारको निर्णयका बिषयमा आन्दोलनमा नजान ओलीले सबैलाई आग्रह गरे।

आफूहरुले सरकारलाई प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न भनेको तर, सरकारले यसलाई राजनीतिक दाउपेचको विषय बनाएर लोकतन्त्रमाथि प्रहारको अस्त्र बनाएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘प्रदेशका मुकाम र प्रदेश प्रमुख तोक्न सहमति दिएका थियौं, कहाँ तोक्ने र कसलाई तोक्ने विषयमा सरकारले हामीसँग सहमति मागेको थिएन', ओलीले भने।

‘ढंग नपुर्‍याउँदा आन्दोलन'

प्रदेश मुकाम तोकिए पछि भइरहेका प्रदर्शन अन्त्यका लागि दलहरूबीच सहमति, सहकार्य अपरिहार्य रहेकोमा प्रमुख दलका नेताहरूले जोड दिएका छन्। सरकारले बुधबार प्रदेश प्रमुख र प्रदेश मुकाम तोकोपछि धनकुटा, दाङ, कपिलवस्तु, डोटीलगायतका स्थानमा आन्दोलन भइरहेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश मुकाम तोक्दा सरकारले ढंग नपुर्‍याएको टिप्पणी गरे। उनले अन्नपूर्णसँग भने, ‘सरकारले प्रदेशका सांसदको शपथ ग्रहण गर्ने स्थानका लागि प्रदेश उच्च आदालत रहेको ठाउँमा राख्नु पर्थ्यो। त्यो गर्न सकेन। आफूले गरेको गल्ती सच्याउन सरकारले तत्काल सर्वदलीय बैठक डाकेर आन्दोलन अन्त्यका लागि आग्रह गर्नुपर्छ।'

दलहरू बीचको सहमतिबाटै दश वर्षे द्वन्द्व अन्त्य भएको स्मरण गर्दै पौडेलले भने, ‘प्रदेश मुकामको विरोधमा भइरहेका प्रदर्शनले निकास नपाउने कुरै छैन। तर यसका लागि दलहरू बीच सहमति, सहकार्य र एकता अपरिहार्य छ।' एमाले महासचिव ईश्वर पोखरेलले मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिको जिम्मेवार जनमत अस्वीकार गरी सत्ता लम्याउने खेलमा लागेको वर्तमान सरकारले लिनुपर्ने जिकिर गरे। उनले भने, ‘प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने कार्य हिंसामा परिणत हुनुमा वर्तमान सरकारको ढिलासुस्ती जिम्मेवारी छ। सयममा नै यी विषयमा भएका भए आजको दिन आउदैनथ्यो।'

‘ताजा जनमत अनुसार सत्ता सुम्पनु अहिलेको समस्याको निकास हो' महासचिब पोखरेलले जोड दिए। माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुकाम तोक्न सरकारको निर्णय पछिका हिंसात्मक घटनाले आफूहरूलाई चिन्तित तुल्याएको बताए। ‘मुकामकै विषयमा थप हिंसात्मक घटना नहोस् भन्नाका लागि सरकार र सरोकारवाला सजग र सर्तक हुनैपर्छ', उनले भने।

खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले प्रदेश सांसदलाई शपथ ग्रहण गराएर राष्ट्रिय सभा निर्वाचनमा मतदान गराउने उद्देश्यले मात्रै सरकारले प्रदेश मुकाम तोकेको जनाउँदै यसको बिरोधमा उत्रनुको कुनै औचित्य नरहेको बताए। बैंककमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्थायी मुकामका विषयमा विरोधमा नउत्रन गरेको अपिललाई सरकारले सकारात्मक रुपमा लिएको मन्त्री यादवले बताए। सरकारले राजनीतिक दल र तिनका कार्यकर्तालाई मुकाम तोकेको बिरोधमा नलाग्न अपिल गर्ने उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.