सिभिलमा शय्या थिपँदै
काठमाडौं : चीनको सहयोगमा ९ वर्षअघि स्थापित निजामती अस्पताललाई चीनले स्तरोन्नति गर्न समेत सहयोग गर्ने भएको छ। नेपाल र चीनबीच निजामती अस्पतालमा १ सय १५ शड्ढया थप्ने, ४ वटा मोडुलर अपरेसन थिएटर र १२ शड्ढयाको सर्जिकल आईसीयूसहित छुट्टै सर्जिकल ब्लक निर्माण गर्ने सहमति भएको अस्पतालका पूर्वकार्यकारी निर्देशक एवं वरिष्ठ चिकित्सक डा. विमल थापाले जानकारी दिए। यससँगै अब निजामती अस्पताल २ सय ४७ शड्ढयाको हुनेछ। हाल अस्पतालमा १ सय ३२ शड्ढया रहेको छ। उनका अनुसार पुराना भवन मर्मतसम्भार गर्ने सम्झौता पनि चीनसँग भएको छ।
चीनले सन् २००८ मा निजामती कर्मचारीका लागि अस्पताल बनाएर नेपाललाई हस्तान्तरण गरेको थियो। त्यसयता हजारौं निजामती कर्मचारी र सर्वसाधारणसमेत अस्पतालबाट लाभान्वित हुँदै आएका छन्। अस्पताललाई स्तरोन्नति गर्न सम्झौता भएलगत्तै चीनको उच्चस्तरीय प्राविधिक टोलीले अध्ययन गरी तयार पारेको विस्तृत नक्सा र डिजाइन स्वीकृतिको चरणमा रहेको अस्पतालले जनाएको छ। आगामी वैशाखमा सुरु भई एक वर्षमा निर्माण सम्पन्न गर्ने र बाँकी चार महिनामा सबै अत्याधुनिक उपकरणसमेत चीनले दिने डा.थापाले जानकारी दिए।
चीनले निजामती अस्पतालमा १ सय १५ शड्ढया थप्ने, ४ वटा मोडुलर अपरेसन थिएटर र १२ शड्ढयाको सर्जिकल आईसीयूसहित छुट्टै सर्जिकल ब्लक निर्माण गर्ने।
चीनको सहयोगमा स्तरोन्नति हुँदै सर्जिकल ब्लक निर्माणपछि अपरेसन गर्नुपर्ने बिरामीलाई सहज हुने, न्युरो सर्जरीजस्ता नयाँ सर्जिकल सेवा सुरु हुने डा.थापाले बताए। अस्पतालले अहिले पनि सबै प्रकारका विशेषज्ञ सेवा दिँदै आएको जनाएको छ। अस्पतालका अनुसार देशमा अन्यत्र नहुने बोनम्यारो प्रत्यारोपण यहाँ मात्र हुने गरेको छ। डा.थापाका अनुसार अस्पतालले हालसम्म १८ जनाको बोनम्यारो प्रत्यारोपण गरिसकेको छ। भारतमा बोनम्यारो प्रत्यारोपण गर्दा २५-३० लाख रुपैयाँभन्दा धेरै खर्च हुने तर यहाँ बढीमा ७ लाख लाग्ने उनले बताए।
अस्पतालले क्यान्सरलगायत विभिन्न गम्भीर प्रकृतिका बिरामीलाई रगत न्यून जोखिमयुक्त बनाएर चढाउने ब्लड इराडिएसन सेवासमेत सञ्चालन गर्दै आइरहेको छ। अस्पतालले ल्याप्रोस्कोपिक, हर्नियोराफी, स्प्लेनेक्टोमीलगायत विशेषज्ञ सेवा दिँदै आइरहेको छ भने छोटो समयमा नै जोर्नी प्रत्यारोपण गर्ने र क्यान्सरको समेत उपचार गर्दै आइरहेको डा.थापाले जानकारी दिए।