सिलवालले भने– ‘ म कानुनको परिपालक हुँ'

सिलवालले भने– ‘ म कानुनको परिपालक हुँ'

काठमाडौं : सरकारी कागजात किर्ते मुद्दामा प्रहरी छानविनमा असयोग गर्दै ‘फरार' भएका पूर्व डीआईजी एवं ललितपुर क्षेत्र नं १ का  सांसद नवराज सिलवालले आफू कानुनको परिपालक र एक जिम्मेवार नागरिक भएको बताएका छन्। शुक्रबार ट्वीट गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रहरी प्रशासनको नजरमा फरार रहेका सिलवालले ट्वीटमा भनेका छन्,‘समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा डटेर सामना हुँदैछ।'

सिलवाललाई खोजी गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयले ७७ जिल्लामा पत्राचार गरेको छ। तर सिलवाल भेटिएका छैनन्।

आफूलाई कानुनको परिपालक भनेपनि प्रहरी कार्यालयमा गएर छानविनलाई सहयोग गर्न पन्छने सिलवालको कार्यशैलीले प्रहरी अधिकृतहरु आजित बनेका छन् ।

 म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ l

याे पनि पढ्नुहाेस्

सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.