दुर्घटनामा एकको मृत्यु, तीन घाइते

दुर्घटनामा एकको मृत्यु, तीन घाइते

भक्तपुर :  भक्तपुरको सिर्जनानगरमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा २ ज २०४१ नं को ट्याक्सीलाई सोही दिशाबाट आउँदै गरेको बा ४४ प ५१५२ नं को मोटरसाइकलले पछाडिबाट ठक्कर दिएलगत्तै काठमाडौँबाटै आएको अर्को बा ८५ प ७०४६ नं को मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा बा ४४ प ५१५२ नं को मोटरसाइकल चालक दोलखा भीमेश्वर नगरपालिका-१३ बस्ने ३५ वर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको हो ।बस्नेत नेकपा एमाले केन्द्रीय कार्यालयमा गाडि चालककोरुपमा कार्यरत थिए ।

दुवै मोटरसाइकलमा सवार चारजना घाइते भई भक्तपुर अस्पतालमा उपचारको क्रममा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

बा ४४ प ५१५२ नं को मोटरसाइकलमा सवार काभ्रे कोशीपारि-८ बस्ने २४ वर्षीय केदार खनाल, बा ८५ प ७०४६ नं को मोटरसाइकल चालक दोलखा सैलुङ-१ बस्ने २० वर्षीय मनोज योञ्जन र सोही मोटरसाइकलमा रामेछाप निगालपानी-३ बस्ने १९ वर्षीय धावा मोक्तानको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्सी चालक धनकुटा मुगा-५ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने ४० वर्षीय गंगाबहादुर थापासहित ट्याक्सी र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रसाईंले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.