प्रदेश  सांसदको शपथ भोलि

 प्रदेश  सांसदको शपथ भोलि

काठमाडौं : सरकारले सातैवटा प्रदेशका प्रदेश प्रमुख कार्यालयमा सहसचिवको कमान्डमा कर्मचारी खटाएको छ। केन्द्रका सहसचिव भए पनि प्रदेशमा उनीहरूलाई सचिवसरह सुविधा दिने गरी पठाइएको हो।

सरकारले प्रदेश १ मा रामकृष्ण गुरागाईं, प्रदेश २ मा लावण्यकुमार ढकाल, प्रदेश ३ मा चर्तुभुज ज्ञवाली, प्रदेश ४ मा देवीप्रसाद ज्ञवाली, प्रदेश ५ मा सनतकुमार दुवाडी, प्रदेश ६ मा भरतबहादुर ढुंगाना र प्रदेश ७ मा युवराज सुवेदीको नेतृत्वमा कर्मचारी खटाएको हो।

सातै प्रदेशका सांसदलाई प्रदेश प्रमुखले आइतबार शपथ खुवाउने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। मुख्यसचिव लोकदर्शन रेग्मी, सामान्य प्रशासन मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालालगायतको सक्रियतामा शुक्रबार सहसचिव नेतृत्वको कर्मचारी टोलीलाई प्रदेश प्रमुखको कार्यालय रहने स्थानमा खटाउने निर्णय गरिएको हो। प्रत्येक प्रदेशमा सहसचिव नेतृत्वमा १३ जना कर्मचारी खटाइएको छ।

मुख्यसचिव लोकदर्शन रेग्मीले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा खटिएको सहसचिव नेतृत्वको टोलीले आइतबारसम्म सम्बन्धित कार्यालयमा पुगेर काम गरिसक्ने जानकारी दिए। प्रदेश प्रमुखहरू पनि आइतबारै सम्बन्धित प्रदेशको अस्थायी मुकाममा पुग्ने छन्।

‘सातै प्रदेशमा तत्काल कार्य सञ्चालन गर्न सहसचिव नेतृत्वको टिम पठाइसकेका छौं, अब आइतबारदेखि नै प्रदेश कार्यालयको काम सुरु हुन्छ’, मुख्यचिव रेग्मीले अन्नपूर्णसँग भने। सरकारले बुधबार सिफारिस गरेका सातै प्रदेशका प्रदेश प्रमुखको नियुक्ति र शपथ शुक्रबार भएको थियो। उनीहरू पनि आइतबारसम्म प्रदेशको अस्थायी मुकाममा पुगेर काम थाल्ने छन्।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले प्रत्येक प्रदेशमा सहसचिव नेतृत्वमा १३ कर्मचारी खटाइएको जानकारी दिए।


शपथ कहाँ–कहाँ ?

सातै प्रदेशको अस्थायी मुकाममा आइतबार बिहान ११ बजे प्रदेश प्रमुखले त्यस प्रदेशमा निर्वाचित भएका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ। जसअनुसार प्रदेश १ मा विराटनगरको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुरको उद्योग वाणिज्य संघ कार्यालय, प्रदेश ३ मा हेटौंडाको क्षेत्रीय शिक्षा निर्देशनालय, प्रदेश ४ मा पोखराको नगर विकास प्रशिक्षण केन्द्र, प्रदेश ५ मा बुटवल उद्योग वाणिज्य संघको कार्यालय, प्रदेश ६ मा सुर्खेत जिल्ला समन्वय समितिको कार्यालय र प्रदेश ७ मा कैलाली जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेशसभा सदस्यको शपथग्रहण हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.