नेमकिपाले भक्तपुरमा किन निकाल्यो एमाले विरोधी जुलुस ?

नेमकिपाले भक्तपुरमा किन निकाल्यो एमाले विरोधी जुलुस ?

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका युवा र विद्यार्थीहरुले शनिबार नेकपा एमालेविरुद्ध भक्तपुरमा जुलुस निकालेका छन् । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा बनाइएको विरोधमा शुक्रबार एमाले नेता एवम् भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित महेश बस्नेतको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको फोटोमा मोसो दल्दै जलाएका थिए ।

भक्तपुरबाट प्रदेशसभामा प्रत्यक्षतर्फ विजयी एमालेका नेताहरुसमेत उपस्थित एमाले समर्थित नेता कार्यकर्ताहरुले बिजुक्छेकै कारण प्रदेश ३ को राजधानी भक्तपुरले गुमाउनुपरेको भन्दै नाराबाजीसमेत गरेका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले भक्तपुरमा प्रदेश राजधानी बनाउने भन्दै मतसमेत मागेका थिए । तर देउवा सरकारले अस्थायी प्रदेश राजधानी हेटौंडा तोकेपछि एमालेका सांसदसँगै नेता कार्यकर्ताहरु आक्रोशित बन्दै आएको छन् ।

एमाले नेता कार्यकर्ताको उक्त कार्यविरुद्ध शनिबार नेमकिपाका युवा विद्यार्थीहरुले जुलुस निकालेका हुन् । नेमकिपाको जनवर्गीय संगठनहरु नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिले शनिबार भक्तपुरको सूर्यमढीदेखि सूर्यविनायकसम्म विरोध जुलुस निकाल्दै सभासमेत गरेका हुन् ।

सभामा एमालेको उक्त कार्यप्रति आक्रोश पोख्दै युवा र विद्यार्थी नेताहरुले एमालेको नेतृत्वलाई यस्ता गल्ती पुनः नदोहो¥याउन चेतावनी दिएका छन् । उनीहरुले एमालेको दम्भपूर्ण व्यवहारले उसैलाई प्रत्युत्पादक हुने बताए । भू–माफियाले चाहँदैमा भक्तपुर प्रदेश राजधानी बन्न नसक्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रमा नेक्रायुसंघका भक्तपुर अध्यक्ष मीनबहादुर बाटाले भारतीय विस्तारवादले सिमाना मिच्दा आँखा नदेख्ने दलालहरु देशभक्त नेता र राजनीतिक दलको बदनाम गर्ने काममा लाग्नु लज्जास्पद भएको बताए ।

नेमकिपाको नेतृत्व र विचारको अपमान आफूहरुलाई कुनै पनि हालतमा सह्य र स्वीकार्य नभएको भन्दै उनले आवश्यक परे इँटको जवाफ पत्थरले दिने उद्घोष गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.