राष्ट्रिय सभाको चुनावलाई मध्यनजर गर्दै दाङ बन्द फिर्ता

राष्ट्रिय सभाको चुनावलाई मध्यनजर गर्दै दाङ बन्द फिर्ता

दाङ : प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकिएपछि पाँच दिनदेखि चर्किएको दाङको आन्दोलन आइतबारबाट सामान्य हुने भएको छ । संघर्ष समितिले शनिबार राति ११ बजेदेखि लागु हुनेगरी अमहड्ताल स्थगित गर्ने घोषणा गरेको छ । संघर्ष समितिले राष्ट्रिय सभाको चुनावलाई केन्द्रित गर्दै बन्द हड्तालका कार्यक्रम स्थगित गरेको हो ।

‘आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्नुका साथै निर्वाचन कार्यालयको अनुरोधलाई समेत गम्भीरतापूर्वक लिँदै केही समयका लागि आमहडताल तथा बन्दको कार्यक्रमलाई स्थगित गरेको कुरा संघर्ष समिति जानकारी गराउन चाहन्छ,’ विज्ञप्ति सार्वजनिक गर्दै संघर्ष समितिले भनेको छ । सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ २५ गतेका लागि तोकेको छ ।

संघर्ष समितिले आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिँदै आइतबारबाट आन्दोलनको स्वरुप परिवर्तन हुने घोषणा गरेको छ । आगामी आन्दोलनका कार्यक्रममा कालो झण्डा प्रदर्शन, डेलिगेशन, ज्ञापनपत्र, विरोधसभा, रिले अनसन तथा कानुनी उपचारका लागि सर्वोच्च जानेलगायका कार्यक्रम रहेको संघर्ष समितिले सार्वजनिक गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.