प्रदेश सांसदको सपथ आज

प्रदेश सांसदको सपथ आज

काठमाडौं : सातै प्रदेशका सांसदलाई प्रदेश प्रमुखले आइतबार शपथ खुवाउँदै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सातै प्रदेशको अस्थायी मुकाममा आइतबार बिहान ११ बजे प्रदेश प्रमुखले सम्बन्धित प्रदेशमा निर्वाचित भएका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको हो।

जसअनुसार प्रदेश १ मा विराटनगरको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुरको उद्योग वाणिज्य संघ कार्यालय, प्रदेश ३ मा हेटौंडाको क्षेत्रीय शिक्षा निर्देशनालय, प्रदेश ४ मा पोखराको नगर विकास प्रशिक्षण केन्द्र, प्रदेश ५ मा बुटवल उद्योग वाणिज्य संघको कार्यालय, प्रदेश ६ मा सुर्खेत जिल्ला समन्वय समितिको कार्यालय र प्रदेश ७ मा कैलाली जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेशसभा सदस्यको शपथग्रहण हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सरकारले बुधबार सिफारिस गरेका सातै प्रदेशका प्रदेश प्रमुखको नियुक्ति र शपथ शुक्रबार भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.