प्रदेशसभा सदस्यको सपथग्रहण : तीनवटा प्रदेशमा अझै बाँकी

प्रदेशसभा सदस्यको सपथग्रहण : तीनवटा प्रदेशमा अझै बाँकी

काठमाडौं : प्रदेश प्रमुखहरूले प्रदेश सभा सदस्यहरूको पद तथा गोपनीयताको सपथग्रहण गराएका छन्। प्रदेश ३, ६ र ७ बाहेक अन्य प्रदेशमा सपथग्रहण कार्यक्रम सम्पन्न भइसकेको छ। सम्बन्धित प्रदेशहरूको अस्थायी कार्यसञ्चालन केन्द्रहरूमा सपथग्रहण समारोह आयोजना गरिएको थियो।

प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाले जेष्ठ सदस्य ओमप्रकाश सराबगीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए। विराटनगरको वीरेन्द्र सभागृहमा आयोजित समारोहमा सरबगीले प्रदेशसभाका ९३ सदस्यलाई सपथ गराएका थिए।

फोटोः कुमार लुइँटेल

प्रदेश २ को जनकपुरमा आयोजित सपथग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाला कायस्थले जेष्ठ सदस्य लगनलाल चौधरीलाई सपथ खुवाएका थिए। त्यसपछि चौधरीले अन्य प्रदेश सांसदलाई सपथग्रहण गराएका हुन्। उद्योग वाणिज्य संघको कार्यालयमा भएको कार्यक्रममा प्रदेश २ का १०७ जना सांसदले सपथ लिएका छन्। सपथग्रहणका क्रममा केहीबेर भाषाको विषयमा विवादसमेत भएको थियो। नेपाली भाषामा तयार गरिए पनि सांसदहरुले आ–आफ्नो मातृभाषामा सपथ लिएका थिए। पछि नेपाली भाषामा लेखिएको सपथमा हस्ताक्षर गर्न सांसदहरूले अस्वीकार गरेका थिए। त्यसपछि नेपाली भाषाको सपथलाई सबैले आ-आफ्नौ मातृभाषामा लेखेर हस्ताक्षर गरे।  

फोटोः मनिका झा

प्रदेश ४ को पोखरामा आयोजित सपथ समारोहमा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाए। श्रेष्ठले अन्य ५८ जना सदस्यलाई सपथ खुवाएका थिए। समारोहमा रामबहादुर गुरुङ र राजीव गुरुङ अनुपस्थित थिए। 

प्रदेश ५ मा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभा सदस्यहरूको पद तथा गोपनीयताको सपथ गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.