सपथ लिन गएनन् दीपक मनाङे
पोखरा : अदालतबाट ५ वर्षको जेल सजायँ तोकिएका राजीव गुरुङ( दीपक मनाङे) आइतबार पोखरामा सपथग्रहण समारोहमा उपस्थित भएनन् । मनाङ प्रदेशसभा २ बाट विजयी भएका मनाङेलाई ज्यान सम्बन्धी मुद्दामा पुनरावेदन अदालत पाटनले २०६९ श्रावण २८ गते पाँच वर्ष जेल सजाय ताेकेकाे थियाे ।
प्रदेश ४ का ५८ प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । नगर विकास प्रशिक्षण केन्द्रमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य ६७ वर्षीय जनकलाल श्रेष्ठलाई सपथ खुवाएका थिए भने श्रेष्ठले अन्य ५७ सांसदलाई सपथग्रहण गराएका थिए ।
राजीव गुरुङ(दीपक मानाङे) र तनहुँका रामबहादुर गुरुङ पनि सपथग्रहण समारोहमा उपस्थित भएनन् ।
प्रतिक्रिया दिनुहोस !
८