धादिङ अस्पतालमा नवशिशु उपचार केन्द्र स्थापना

धादिङ अस्पतालमा नवशिशु उपचार केन्द्र स्थापना

धादिङ : ७७ जिल्लाका जिल्ला अस्पतालहरुमध्ये धादिङको जिल्ला अस्पतालमा पहिलोपटक ‘विशेष नवशिशु उपचार केन्द्र’ स्थापना गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य महाशाखा प्रमुख परशुराम श्रेष्ठले जिल्ला अस्पतालको भवनमा नवशिशु उपचार केन्द्रको उद्घाटन गरेका हुन्।

नवशिशु मृत्युदरलाई शुन्यमा पुर्‍याउने नेपाल सरकारको अभियानलाइ सफल बनाउन धादिङ जिल्लाबाट नवशिशु उपचार केन्द्र संचालनमा ल्याइएको हो। धादिङ अस्पतालमा स्थापना गरिएको उक्त शिशु उपचार केन्द्र जिल्ला अस्पतालहरुमध्ये नेपालकै पहिलो हो।केन्द्र स्थापना भएपछि बच्चा जन्मिनेवित्तिकै कुनै गम्भीर प्रकृतिको समस्या परेमा तत्काल उक्त शिशु उपचार केन्द्रमा राखेर उपचार गर्न सजिलो हुने जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेण्डेन्ट गौरव महतोले जानकारी दिए।

उनले भने, ‘जिल्ला अस्पतालमा धादिङका गाउँगाउँबाट धेरैजना प्रसूती सेवा लिन आउने गरेका हुन्छन, प्रसूतीपछि आमाको स्वास्थ्य अवस्था ठीक हुँदाहुँदै बच्चामा सामान्य बिरामी देखा पर्दा पनि तत्काल राजधानी रिफर गर्नुपर्ने अवस्था थियो। अब नवजात शिशुहरुको सबैखाले उपचार अब जिल्लाबाटै हुन्छ।’
जिल्ला अस्पतालमै सुविधा सम्पन्न नवशिशु उपचार केन्द्र स्थापना भएपछि स्थानीयबासीहरु समेत खुसी भएका छन्। नवजात शिशुमा देखापर्ने सामान्य समस्याको उपचारका लागि राजधानी अथवा चितवन पोखरा नै पुग्नुपर्ने समस्याबाट जिल्लाबासीले मुक्ति पाउने भएका हुन्।

dhading-sisukendra

उपचार केन्द्र ४ शैयाको रहेको छ। ४ शैयामै आधुनिक उपकरण र औजारहरु जडिएका छन्। साथमा जन्मिनेवित्तिकै नवजात शिशुमा देखापर्ने जण्डिसको उपचारका लागि फोटो थेरापी सुविधा पनि जडान गरिएको छ। सबै औजार उपकरणहरु जिल्ला अस्पताललाइ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य महाशाखाले उपलब्ध गराइदिएको हो भने जिल्ला अस्पतालको प्रसूती वार्डमा उपचार केन्द्र सञ्चालनका लागि वान हर्ट वल्र्डवाइडले भौतिक पूर्वाधार बनाइदिएको छ।

जिल्ला अस्पतालमा शिशुउपचार केन्द्रको सुरुवात गर्दै महाशाखा प्रमुख श्रेष्ठले भने, ‘देशमा सबै सेवाहरु संघीयतामा गइरहेको बेला राजधानीको कान्ति बाल अस्पतालबाट हुने बालबालिकाको सबै उपचारहरु अब प्रदेश र जिल्लाका अस्पतालबाट उपलब्ध हुनेगरी योजना अगाडी बढाइएको हो। सोही अनुरुप नव शिशु उपचार केन्द्र ७७ वटै जिल्ला अस्पतालमा संचालन गर्ने अभियानको क्रममा धादिङबाट त्यसको सुरुवात गरिएको हो। साथसाथै साथै प्रत्येक प्रदेशमा सघन उपचार कक्ष (आइसीयु) सहितको सेवा पनि संचालन गर्ने तयारी गरेका छौँ।’

नेपालमा हाल वार्षिक १३ हजार नवजात शिशुको (जन्मेको दिनदेखि २८ दिनसम्म) आकस्मिक उपचार नपाएरै मृत्यु हुने गरको छ भने त्यसमध्ये साढे ४ हजार शिशुहरुको जन्मेको ७ दिनभित्र मृत्यु हुने गरेको तथ्याङ्क छ। नेपालभरको तथ्याङ्क हेर्दा औसतमा धादिङ जिल्लामा पनि १ सय ६८ नवजात शिशुको मृत्यु हुने देखाएपनि धादिङमा नवजात शिुशुको मृत्युदर निकै नै कम रहेको जिल्ला स्वास्थ्य कार्यलय धादिङका प्रमुख महेश्वर श्रेष्ठले बताए। श्रेष्ठले भने, ‘अन्य जिल्लाको तुलनामा धादिङमा नवजात शिशुको मृत्युदर निकै कम रहेको छ, धादिङका सवै स्वास्थ्य चौकीहरुमा वर्थिङ सेन्टरको स्थापना भइसकेको छ, जुन नेपालमै पहिलो पनि हो।

नवशिशु उपचार केन्द्रको स्थापनासँगै अब नवजात शिशुहरुको उपचार गर्न पनि धेरै सजिलो भएको छ भने यसले शिशु मृत्युदरलाइ घटाउन ठूलो सहयोग पुग्ने छ।’१ साताअघि मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धादिङको जिल्ला अस्पताललाइ १५ शैयाबाट ५० शैयाको अस्पताल बनाउने निर्णय भएको गरेको छ। यद्यपी कार्यन्वयनको पत्र प्राप्त हुन बाँकी रहेको छ। ५० शैयाको अस्पताल भएको पत्र प्राप्त हुनासाथ सोही अनुरुपका दरबन्दीमा विशेषज्ञ डाक्टरहरु पनि रहने भएकाले बालबालिकाको उपचारको लागि विशेषज्ञ डाक्टरहरु पनि राखिने तयारी भइरहेको छ।

त्यस्तै जिल्ला अस्पताल धादिङमा कुनै अकस्मात विपत्ती आइपरेको बेला उपचारमा सहज बनाउन आकस्मिक साइरन समेत जडान गरिएको छ। विपत्तीपछिको उपचारको लागि स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन सन्देश दिने हेतुले साइरन जडान गरिएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.