एमाले-माओवादी एकता संयोजन समितिको बैठक सकियो : यी हुन् प्रमुख तीन निर्णय

एमाले-माओवादी एकता संयोजन समितिको बैठक सकियो : यी हुन् प्रमुख तीन निर्णय

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली निवासबा बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ। बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यादलको रिपोर्ट अनुमोदन गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव मनहरि तिमल्सिनाका अनुसार बैठकले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन गरेको हो।

सँगै बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले बनाएको साझा चुनावी घोषणा पत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने समेत सहमति गरेको छ।

त्यसैगरी दुई पार्टीबीचको जारी छलफललाई निष्कर्षमा पुर्‍याएर वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णयसमेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.