मधेसवादी नेताको विरोधमा वीरगन्जमा प्रदर्शन, उपेन्द्र यादवसहितको पुत्ला जलाइयो

मधेसवादी नेताको विरोधमा वीरगन्जमा प्रदर्शन, उपेन्द्र यादवसहितको पुत्ला जलाइयो

वीरगन्जः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवसहित मधेसवादी दलका शीर्ष नेताहरुको विरोधमा स्थानीयले आइतवार प्रदर्शन गर्दै पुत्ला जलाएका छन् ।

वीरगन्ज महानगरको प्रथम नगरसभा समारोहमा सहभागी हुन वीरगन्ज आएका अध्यक्ष यादवको विरोधमा घण्टाघर चोकमा वीरगन्ज राजधानी संघर्ष समितिको आह्वानमा आइतवार स्थानीयले प्रदर्शन र नाराबाजी गर्दै यादवको पुत्ला दहन रेका हुन् ।

नगरसभा गृहमा जाने क्रममा यादवलाई संघर्ष समितिमा आबद्ध दलका नेता कार्यकर्ताले घण्टाघर चोकमा कालो झण्डा देखाउनुका साथै टायर बालेर यादवसहितका मधेसी दलका शीर्ष नेताविरुद्ध नाराबाजी गर्दै यादवको पुत्ला दहन गरेका हुन् ।

घण्टाघर चोकमा आन्दोलनकारीले प्रदर्शन गरेपछि यादव अर्कै बाटो हँुदै नगरसभा गृहको कार्यक्रममा पुगेका थिए । वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै भइरहेको आन्दोलनमा समर्थन नगरी आन्दोलनको विरोधमा अभिव्यक्ति दिएको भन्दै घण्टाघर चोकमा आन्दोलनकारीले यादव, राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोको विरोधमा नाराबाजी गरेका थिए ।

शनिवार बसेको संघर्ष समितिको बैठकले वीरगन्जको आन्देलनलाई असहयोग र आन्दोलनको विरोधमा बोल्ने नेताहरुलाई वीरगन्ज प्रवेश निषेध गर्ने निर्णय गरेको थियो ।

‘मधेस आन्दोलन हुँदा आन्दोलनमा सर्वसाधरण बटुल्न यिनै उपेन्द्र यादवले वीरगन्जमा आएर मधेसको राजधानी वीरगन्जमा बनाउनु पर्छ भनेका थिए’, राजधानी संघर्ष समितिका सदस्य तथा नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले भने, ‘तर आज उनै यादव, महतो र ठाकुरको समर्थनमा सरकारले जनकपुरलाई अस्थायी राजधानी तोकेको छ । त्यहीकारण विरोधमा प्रदर्शन गरेका हौँ । कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि वीरगन्ज छिर्न दिँदैनौ ।’

राजधानीको माग गर्दै वीरगन्जको घण्टाघर चोकमा गत पुस २१ देखि सुरु रिले अनशन आइतवार १७ औं दिन पनि जारी छ । आइतवारको अनसनमा विजय कुर्मी, कलाम अन्सारी, किरण शाही, सचिन शाही, सन्तोष पटेल, गौरी पटेल, सञ्जय पटेल, जयकाल कुमार, नवराज मगर, दिपराज बर्णवाल, पप्पु साह, कबिता रौनियार, सुरज चौधरी र अनुराग तिवारी लगायत सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.