प्रचण्डसँग विश्व बैंकका कार्यकारी अधिकृतको भेट

प्रचण्डसँग विश्व बैंकका कार्यकारी अधिकृतको भेट

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व बैंकका प्रमूख कार्यकारी अधिकृत क्रिस्टालिना जिओर्भिइभाले भेट गरेका छन्।

आइतबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा क्रिस्टालिनाले संविधान निर्माण र तीन तहको निर्वाचन सम्पन्न गरेकोमा अध्यक्ष प्रचण्ड र नेपाललाई बधाई दिए। क्रिस्टालिनाले वाम गठबन्धनको सरकारले नेपालमा सुशासन र समृद्धिको प्रत्याभूत गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नेपालको विकासका लागि विश्व बैंक सहयोग र सहकार्य गर्न तत्पर रहेको जानकारी दिए।

जवाफमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम गर्न, विकास एवं समृद्धिलाई गति दिन र सुशासन कायम गर्न बाम गठबन्धन गरिएको जानकारी दिँदै त्यसले लगानीको वातावरण थप अनुकूल हुने जानकारी दिए।

अध्यक्ष प्रचण्डले ठूला जलविद्युत आयोजना, पर्यटन, कृषि र कृषिजन्य उद्योगको विकासमा आफूहरुको मुख्य ध्यान भएको बताउँदै त्यसका लागि विश्व बैंकको सहयोग जारी नै रहने विश्वास व्यक्त गरे।

वाामपन्थीहरुको बहुमतपछि नेपाली जनतामा विकास र समृद्धिको उच्च आशा रहेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्न लागेको जानकारी दिए। भेटका अवसरमा कार्यकारी अधिकृत क्रिस्टालिनाले विश्व बैंकले नेपालको पूर्वाधार विकास, रोजगारी सिर्जना र पशुजन्य उद्योगको क्षेत्रमा लगानी गरिरहेको जानकारी गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.