‘गोल्डेन आवर सदुपयोग गरे बचिन्छ'

‘गोल्डेन आवर सदुपयोग गरे बचिन्छ'

 काठमाडौं : पूर्वयोजना र व्यवस्थापन फितलो भएका कारण नेपालमा सडक दुर्घटनाबाट मर्नेको संख्या बढ्दो छ। दुर्घटनापूर्व र पछि के-के गर्ने भन्ने तयारी नहुँदा सडक दुर्घटनाबाट जनधनको क्षति बढी हुने गरेको हो।

दुर्घटनापछि महत‍्वपूर्ण समय एकदमै कम हुने तर त्यसको सदुपयोग न्यून मात्रामा मात्र हुने भएकाले दुर्घटनामा पर्ने अधिकलाई बचाउन नसकिएको विज्ञहरू बताउँछन्। विश्व स्वास्थ्य संगठनले दुर्घटनापछि अस्पताल र डाक्टरसम्म पुर्‍याउने महत‍्वपूर्ण समयलाई ‘गोल्डेन आवर' मान्छ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राध्यापक डा. जगदीशचन्द्र पोखरेलले नेपालमा गोल्डेन आवरको सदुपयोग हुन नसक्दा अधिक यात्रुले ज्यान गुमाउनुपरेको बताए। उनले दुर्घटनाअघि र पछि जे-जति काम जसरी गर्नुपर्ने हो, त्यसलाई व्यवस्थित बनाउन नसक्दा सडक दुर्घटनामा धेरै जनाको मृत्यु हुने गरेको बताएका हुन्।

 दुर्घटनापूर्व र पछि के-के गर्ने भन्ने तयारी नहुँदा सडक दुर्घटनाबाट जनधनको क्षति बढी हुने गरेको हो।

सडक विभाग, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र स्वास्थ्य विभागलगायतको आयोजनामा नेपाल इन्जिनियर्स एसोसिएसनले राजधानीमा आयोजना गरेको दुईदिने ‘सडक सुरक्षा' सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो दिन आइतबार ‘कि नोट स्पिच' दिँदै सरकारले गोल्डेन आवरको अधिकतम प्रयोग गरे सडक दुर्घटनाबाट धेरैको ज्यान जोगाउन सकिने बताएका हुन्। पोखरेलले अन्नपूर्णसँग भने, ‘सरकारले दुर्घटनालगत्तै अस्पताल पुर्‍याउने र दक्ष चिकित्सक, आधुनिक उपकरण र अन्य जनशक्ति सोहीअनुसार तम्तयार राख्ने हो भने मानिसको बाँच्ने सम्भावना अत्यधिक हुन्छ।'

कर्णालीमा भएको एउटा दुर्घटना र राजधानी वा सहरनजिक भएको अर्को दुर्घटना तुलना गर्ने हो भने कर्णालीको दुर्घटनामा धेरै मानिसले ज्यान गुमाउनुपर्ने नेपालको बाध्यता रहेको उनको भनाइ छ। एउटै देशका नागरिक भएर र राज्यलाई तिर्नुपर्ने कर बराबरी तिरे पनि सुगम र दुर्गममा बस्ने नागरिकको सुविधामा फरक परेको उनको भनाइ छ। ‘सरकारले न दुर्घटनापूर्व सडक निर्माण र व्यवस्थापनलगायत विषयमा न दुर्घटना भएपछिका व्यवस्थापनमा ध्यान दिएको छ, त्यसैले बर्सेनि धेरैले ज्यान गुमाइरहेका छन्', उनले भने।

उपप्रधान एवं स्थानीय विकासमन्त्री विजय गच्छदारले सडक विश्वका अन्य देशजस्तो नेपालमा प्राथमिकताको विषय नबनेको र यात्रुले न्यूनतम सुविधा पनि नपाएको बताए। पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सडक निर्माणको शैली आजसम्म जे छ, त्यसमा आमूल परिवर्तन नगरेसम्म सडक दुर्घटनामा अझै हजारौंले ज्यान गुमाउनुपर्ने स्पष्ट पारे। ‘नेपालको भूबनोटमा आधारित भएर विश्वमा प्रयोगमा आएका नयाँ र आधुनिक प्रविधिको प्रयोगले उत्कृष्ट सडकको नमुनालाई आधार बनाएर हामीले अबका सडक बनाउनुपर्छ', उनले भने।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त श्रेष्ठले १० बर्र्से जनयुद्धमा मरेको संख्या नै सडक दुर्घटनाबाट निधन हुने गरेको बताए। उनले भने, ‘यत्तिका नागरिक मर्दा पनि सरकार किन जिम्मेवार छैन ? मृत्युशड्ढयामा पुर्‍याउने हामीले बनाएकै सडक भएपछि हाम्रै क्षमतामा प्रश्नचिह्न उठेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.