महामारी बन्दै भाइरल ज्वरो

महामारी बन्दै भाइरल ज्वरो

कालिकोट : कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्बर २ र ४ मा फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएको छ। खाँडाचक्र नगरपालिका वडा नं २ को मेग्र, थानकोट, गैरागाँउ, पोरीपाल्नी र वडा नं ४ को ताडीस्थित दलित बस्तीमा झण्डै सातादिन अघि फैलिएको मौसमी रुघाखोकी र भाइरल ज्वरोले महामारीको रूप लिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

करिब ३ साताअघि जिल्लाको अति विकट बस्ती पलाता गाउँपालिकाबाट सुरु भएको भाइरल ज्वरोबाट सदरमुकाम मान्म नजिकको ताडीस्थित दलित बस्तीमा ३ जना शिशुको मृत्यु भइसकेको छ भने बस्तीका अधिकांश परिवारका सदस्य बिरामी छन्। जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलीले करिब एक सातापछि मात्र सूचना पाएकाले उपचार गर्न ढिलाइ भएर भाइरल ज्वरो महामारी बनेको बताए। उनले यसैकारण सदरमुकाम नजिकको ताडीमा भाइरलबाट शिशुले ज्यान गुमाउनु परेको बताए। उनले गाँउका महिला स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधिले समेत समयमा सूचना दिन नसकेको बताए।

डा. अलीका अनुसार शनिबार खाँडाचक्र नगरपालिकाको वडा नं. २ का मग्र, थानकोट, गैरागाउँ गरी ५ सय ४४ जनाको, वडा नं. ४ मा २ सय ७० जनाको र आइतबार वडा नं. २ को पोरीपाल्नीका १ सय ७९ जना बिरामीको उपचार गरेको बताए। उनले मेग्रबाट १९ जना सिकिस्त बिरामीलाई जिल्ला अस्पताल ल्याई उपचार गरिरहेको जानकारी दिए। उनले आइतबारदेखि २ जना एचएको नेतृत्वमा दुवै वडामा स्वास्थ्यकर्मीको दुई टोली ५ दिनसम्म बिरामीको उपचार गर्न पठाइएको बताए। अहिले जिल्ला अस्पतालबाट गाँउगाँउमा औषधि पठाउन थालेकाले एक ट्रक औषधि क्षेत्रीय मेडिकल स्टोरबाट मगाइरहेको उनले बताए।

खाँडाचक्र नगरपालिकामा फैलिएको भाइरल ज्वरोको महामारी नियन्त्रण गर्न आइतबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले विशेषज्ञ सहितको थप स्वास्थ्यकर्मी टोली पठाउन क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग आग्रह गर्ने निर्णय गरिएको निमित्त प्रजिअ राजकुमार दुलालले बताए। उनले जिल्लाका अन्य गाउँ र विद्यालयमा भाइरलबाट बिरामी भएको सूचना आएकाले महामारी फैलिन नदिन थप टोली आवश्यक रहेको बताए। जिल्लाका विभिन्न ठाँउमा भाइरलको प्रकोप हुँदा पनि जनप्रतिनिधिले समयमै प्रशासनलाई जानकारी नदिएकाले उपचार र नियन्त्रणमा समस्या भएको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.