राष्ट्रिय सभाका उम्मेदवार छान्न एमाले बैठक

राष्ट्रिय सभाका उम्मेदवार छान्न एमाले बैठक

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका लागि नेकपा एमाले स्थायी समिति बैठक आज (सोमबार) बस्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउसो ३ बजे बस्ने बैठकले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोट गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

मतभारका आधारमा वाम गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमा २९ सिट एमालेलाई र १४ सिट माओवादी केन्द्रलाई दिनेगरी उनीहरूबीच सहमति बनिसकेको छ। बाँकी सिटमा भने भागबन्डा बाँकी नै छ।  

प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा संघीय कानुन बमोजिम प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको मत भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक जना दलित तथा एक जना अपांगता भएका वा अल्पसंख्यकसहित ८ जना गरी ५६ जना सांसद चुनिने संविधानको धारा ८६ मा व्यवस्था छ। ५९ सदस्यीय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा एक महिलासहित तीनजना मनोनित हुने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.