उता शपथ, यता पुत्ला दहन

उता शपथ, यता पुत्ला दहन

डोटी : प्रदेश ७ का प्रदेशसभा सदस्यले जिल्ला समन्वय समिति कैलालीको सभाहलमा शपथ ग्रहण लिइरहेको बेला डोटीमा प्रदेशको राजधानी कायम गरिनुपर्ने माग राख्दै आन्दोलनकारीले उनीहरूको पुत्ला दहन गरिरहेका थिए। माघ ३ गते सरकारले प्रदेश ७ को राजधानी कैलाली कायम गरेको विरुद्धमा आक्रोशित डोटीवासीले डोटी जिल्ला प्रदेशसभा ‘क'बाट निर्वाचित सांसद भरतबहादुर खड्का र प्रदेशसभा ‘ख'बाट निर्वाचित त्रिलोचन भट्टको पुत्ला जलाएका छन्।

खड्का र भट्टसँगै आन्दोलनकारीले बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर र प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले मगरका समेत पुत्ला दहन गरेका छन्। डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी एमाले नेता आले मगरले चुनावी अभियानका बेला प्रदेश ७ को राजधानी दिपायल नभए आफू पदबाट राजीनामा गरेर सडकमा आउने बताएका थिए। एक महिना लामो आन्दोलन हुँदासमेत उनी सडकमा नआएको भन्दै प्रदर्शनकारीले आलेको पुत्ला जलाएका हुन्।

चुनावी अभियानका क्रममा प्रदेश ७ को राजधानी दिपायल कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनतासँग भोट मागेर विजयी भएका जनप्रतिनिधिले झन्डै एक महिना लामो आन्दोलन चलिरहँदासमेत कुनै चासो नदेखाएको भन्दै आक्रमणकारीले सदस्यहरूको पुत्ला जलाएका हुन्। मतदाता राजधानी माग्दै सडकमा आन्दोलित भएका बेला नेताहरू शपथ ग्रहण गर्ने दौडमा लागेकोप्रति आन्दोलनकारी थप आक्रोशित भएका हुन्।

बहालवाला मन्त्री बलायर डोटीकै भएर पनि राजधानी कैलाली हुँदासमेत मौन रहेको प्रदर्शनकारीको आरोप छ।

बहालवाला मन्त्री बलायर डोटीकै भएर पनि राजधानी कैलाली हुँदासमेत मौन रहेको प्रदर्शनकारीको आरोप छ। जनता आक्रामक भइरहँदासमेत मन्त्री बलायरले आन्दोलनको पक्षमा बोल्न नसकेको भन्दै उनको पुत्ला जलाइएको हो। प्रतिनिधिसभा सदस्यमा पराजित बलायरले चुनावी अभियानका क्रममा प्रदेश राजधानी दिपायल नभए आफू रगतको खोलो बगाउन तयार रहेको अभिव्यक्ति दिँदै आएका थिए।

राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रिया सुरु

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रक्रिया सुरु गरेको छ। आइतबार मतदाता नामावली प्रकाशन गरी निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। खुलातर्फ तीन, महिलातर्फ तीन, दलित एक र अपांग वा अल्पसंख्यक एक गरी जम्मा आठ सिटका लागि हुने निर्वाचनमा प्रदेश ७ का प्रदेशसभाका ५३ र स्थानीय तहका प्रमुख उपप्रमुख एक सय ७६ गरी दुई सय २९ जना मतदाताको नाम सार्वजनिक गरिएको छ। मतदाता नामावलीउपर दाबी विरोध गर्ने समय आइतबार साँझ ५ बजेसम्म रहेको निर्वाचन अधिकृत तथा जिल्ला अदालत डोटीका न्यायाधीश जयानन्द पनेरुले बताए।

माघ ९ गते अन्तिम नामावली प्रकाशन गर्ने, १० गते मनोनयनपत्र दर्ता तथा उम्मेदवारको नामावली प्रकाशन, ११ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १३ गते मनोनयनपत्र र उजुरउपर जाँचबुझ गरी निर्णय गर्ने, १४ गते मनोनयन भएको उम्मेदवारका नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारी फिर्ता लिने, १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन उम्मेदवारलाई निर्वाचन चुनाव चिह्न प्रदान गर्ने र २४ गते मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत पनेरुले जानकारी दिएका छन्।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.