राष्ट्रियसभा निर्वाचन : कांग्रेस, राजपा र संघीय फोरमको तालमेल टुंगो आज

राष्ट्रियसभा निर्वाचन : कांग्रेस, राजपा र संघीय फोरमको तालमेल टुंगो आज

काठमाडौं : राष्ट्रियसभा निर्वाचनमा तालमेल र सिट संख्या टुंगो लगाउन कांग्रेस, राजपा र संघीय फोरमले मंगलबार निर्णायक छलफल गर्ने भएका छन्। प्रदेश २ मा राजपा-फोरमले कांग्रेससँग पाँच सिट मागेको छ भने कांग्रेसले चार सिट दिन सकिने अडान राख्दै आएका छन्। शनिबार बसेको बैठकमा उनीहरूले कांग्रेससँग पाँच सिट मागेका थिए।

कांग्रेससँग तालमेल गर्ने गरी छलफल अगाडि बढाइएको जानकारी दिँदै राजपा महासचिव केशव झाले सिट संख्याबारे भने मंगलबारको बैठकले टुंग्याउने बताए। ‘अध्यक्षमण्डलको जारी बैठकमा कांग्रेस र संघीय फोरमसँग तालमेल गरेर जाने भन्नेमा एकखालको सहमति भइसकेको छ', उनले भने, ‘हामीले काग्रेससँग पाँच सिट माग्ने पुरानै प्रस्ताव अगाडि सारेका छौं।'

प्रदेश २ मा राष्ट्रियसभाका लागि आठ सदस्यमध्ये दुईमा वाम गठबन्धनको सिट आउने निश्चित देखिन्छ। बाँकी ६ सिटमा कांग्रेस, राजपा र संघीय समाजवादीबीच बाँडफाँट हुनेछ। अहिलेको मतपरिणामअनुसार कांग्रेसले दुई र राजपा-फोरमले चार सिट ल्याउने देखिन्छ।

वाम गठबन्धनले भने आफूले जित्ने दुईबाहेक बाँकी ६ सिट नै राजपा-फोरमलाई छाड्ने गरी अनौपचारिक रूपमा छलफल गरिरहेको बताइन्छ। राजपाले प्रदेश २ मा आफ्नो प्रस्ताव स्वीकार गरे कांग्रेसलाई अन्य प्रदेशमा निःसर्त सहयोग गर्ने जनाएको छ। राजपा महासचिव झाले कांग्रेससँग सहमति जुटाएर मंगलबारै उम्मेदवार टुंगो लगाइने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.