राष्ट्रियसभा उम्मेदवार तय गर्न एमालेको बैठक
भक्तपुर : सातवटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले) स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उनकै अध्यक्षतामा आज बसेको बैठकले थप १६ उम्मेदवारको नाम टुंगो लगाउने भएको छ। बैठकले प्रदेश नम्बर १, २, ३ र ४ का राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
पढ्नुस्: एमालेले छान्यो तीनवटा प्रदेशका राष्ट्रिय सभा उम्मेदवार (नामवालीसहित)
सोमबार राति १० बजेसम्म बसेको बैठकले तीनवटा प्रदेशका १३ उम्मेदवारको नाम टुंगो लगाएको थियो। सोअनुसार प्रदेश नम्बर ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम र चक्रप्रसाद स्नेही (दलित) डडेल्धुरालाई उम्मेदवार बनाइने भएको छ।
पढ्नुस्: माओवादीसँग एकताका लागि एमालेले बनायो दुर्इ कार्यदल
यसैगरी प्रदेश नम्बर ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालीकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुमलाई उम्मेदवार बनाएको छ।
प्रदेश नम्बर ५ बाट रामलखन हरिजन (दलित) नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) बाट खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ। यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गर्दै २९ स्थानमा उम्मेदवारी दिने भएको छ। रासस
यो पनि पढ्नुस्: गायिका कोमल वली एमालेबाट राष्ट्रिय सभाकी उम्मेदवार