माओवादी नेता बादल राष्ट्रिय सभा सदस्य उम्मेदवार
कामठाडौं : माओवादी केन्द्रले नेता रामबहादुर थापा ‘बादल’लाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको छ। मंगलबार बिहान बसेको माओवादीका शीर्ष नेताको बैठकले थापालाई प्रदेश नम्बर ३ बाट खुलातर्फ राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको हो।
त्यस्तै माओवादी केन्द्रले थापासँगै अर्का शीर्ष नेता दीनानाथ शर्मालाई समेत राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको छ । शर्मालाई प्रदेश ४ बाट माओवादीले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाएको हो ।
माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र बादललाई जिम्मेवारी दिएको थियो। प्रदेश २ मा एकजना बाहेक माओवादी केन्द्रले अन्य सबै प्रदेशका राष्ट्रियसभा सदस्य उम्मेदवारको नाम टुंगो लगाएको छ।
माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वार
प्रदेश १
१ बीना पोखरेल (महिला)
प्रदेश २
२. शशिकला दाहाल (महिला)
३. बाँकी
प्रदेश ३
(४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)
प्रदेश ४
(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)
प्रदेश ५
(८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)
प्रदेश ६
(१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश ७
(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला)