एमालेले सभासद् बनाएका यी धनाढ्य कहाँ गए ?

एमालेले सभासद् बनाएका यी धनाढ्य कहाँ गए ?

काठमाडौं : नेकपा एमालेले सांसद बनाएका यी धनाढ्य आज कहाँ छन् ? पार्टीमा योगदान भएका पुराना, त्यागी र इमान्दार नेतालाई छोडेर एमालेले नेपालकै सबैभन्दा धनी विनोद चौधरी, ठुलो व्यवसायिक घराना गोल्छा परिवारकी बुहारी राज्यलक्ष्मी गोल्छा र विवादास्पद छविका धनाढ्य ल्हारक्याल लामा सांसद बनायो । तर आज उनीहरु सबै एमालेमा छैनन् ।

विनोद चौधरी कांग्रेसतिर

खर्बपति चौधरी नेपाली कांग्रेसमा पुगेका छन् । २०६४ सालको पहिलो संविधान सभामा एमालेले समानुपातिकतर्फबाट चौधरीलाई सभासद बनाएको थियो । भारतनिकट मानिएका चौधरी एमालेको भारतप्रतिको पछिल्लो समयको अडान र नाकाबन्दीको समय एमालेको भुमिकादेखि रुष्ट भएर एमालेसँग अलग्गिएका हुन् ।

भारतनिकट मानिने चौधरी कांग्रेसबाट समानुपातिक सिटमा प्रतिनिधि सभा सदस्य हुने पक्का जस्तै छ । चौधरी विश्वप्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचीमा पर्ने एक मात्र नेपाली हुन् । फोर्ब्स पत्रिकाका अनुसार अहिले उनको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ ।

चौधरी समूहको विश्वका विभिन्न देशका होटेल र अन्य क्षेत्रमा ठुलो लगानी रहेको छ । लोकप्रिय चाउचाउको वाइवाइको ब्रान्डलाई समेत विश्वका विभिन्न देशमा चौधरी समूहले विस्तार गरिसकेको छ ।

राजावादी बनिन् राज्यलक्ष्मी

नेपालकै धनाढ्य गोल्छा परिवारकी राज्यलक्ष्मी गोल्छाले सांसद भएकै समय एमालेलाई विवादमा तानिन् । २०७० सालको दोस्रो संविधान सभामा एमालेले राज्यलक्ष्मीलाई सभासद बनाएको थियो । एमालेका नेताहरुलाई ७ करोड बुझाएर सांसद भएको भन्दै उनले नेता र पार्टीको सार्वजनिकरुपमै उछितो काढिन् ।

एमाले मोरङको नेतृत्वदेखि केन्द्रसम्म राज्यलक्ष्मीको कारण विवादमा तानियो । एमालेकै सर्वत्र आलोचना भयो । गोल्छाले सांसद रहँदै मधेसी समुदायले उठाएको मागलाई एमालेले गम्भीरतापूर्वक नलिएको र समस्या समाधान गर्न नचाहेको आरोप समेत लगाउन भ्याइन् ।

तर, अहिले उनी कहाँ छिन् ? कुनै एमाले नेताले खोजीनीति गरेका छैनन् । एमालेवृत्तमा उनको कुनै चर्चा छैन, उनको स्थानमा अहिले कोमल वलीले लिएकी छिन् । अहिले उनी एमालेमै छैनन् । प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिसधिसभातर्फ समानुपातिकको बन्दसूचीमा गोल्छाको नाम छ ।

ल्याहारकाल माओवादीमा

एमालेले विवादास्पद छवि भएका धनाढ्य ल्याहारकाल लामालाई २०६४ सालको पहिलो संविधान सभामा समानुपातिकबाट सभासद बनायो । सभासद मात्र होइन झलनाथ खनाल प्रधानमन्त्री हुँदा लामा अर्थराज्यमन्त्री सम्म भए । उनी अर्थराज्यमन्त्री हुँदा समेत विवाद तानिए ।

दोहोरो नागरिकताको प्रमाण फेला परेपछि उनले मन्त्रीबाट राजीनामा दिन बाध्य भए । पहिलो संविधानसभामा एमालेलाई उपयोग गरेका लामाले २०७० सालको दोस्रो संविधानसभामा नेकपा माओवादी केन्द्रलाई उपयोग गरेर सभासद् बन्न सफल भए ।

उनले पनि एमाले नेतालाई करोडौँ बुझाएर सभासद भएको चर्चा चल्यो । तर, केही समयपछि त्यो कुरा सेलायो । उनी पछिल्लो पटक अहिले लामा माओवादीमा छन् । सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप पनि उनीमाथि लाग्यो । तर लामाले विशेष अदालतबाट सफाइ पाए। विशेष अदालतले उनलाई सफाई त दियो नै, साथै आम्दानीको तुलनामा खर्च कम भएको भन्दै उनको ७४ लाख रुपैंया बचत हुनुपर्ने फैसला समेत गर्‍यो ।

चौधरी, गोल्छा र लामा प्रतिनिधि पात्र मात्रै हुन्, पार्टीमा योगदान गरेका भन्दा धनाढ्य र सत्ता- शक्तिका लागि अरु पार्टीबाट आएका स्थान दिएका धेरै उदाहण छन् । स्वार्थका लागि एमालेमा आएकाहरु अधिकांश पार्टीबाट बाहिरिसकेका छन् ।

अब पालो कोमल वलीको

एमालेले ६ महिना अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर आएकी कोमल वलीलाई राष्ट्रिय सभाका उम्मेदवार बनाएको छ । के एमाले लोकगायिका वलीको एमालेमा लामो समय रहलिन त ? वलीलाई उम्मेदवार बनाएकोमा पछि आलोचना स्वर सुनिन थालेका छन् ।

सामाजिक सञ्जालमा लोकगायिका समेत रहेकी दाङकी वलीलाई उम्मेदवार बनाउने निर्णयको आलोचना भइरहेको छ । कुनै बेला राप्रपाकी नेतृ रहेकी वलीलाई पार्टीमा प्रवेश गरेको केही महिनामै प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभाको उम्मेदवार बनाएको हो । पार्टीमा योगदान गरेका, पुराना, इमान्दार नेताहरु छोडेर राष्ट्रिय सभा जस्तो गरिमामय स्थानमा वलीलाइ पुर्‍याउन लगिएको भन्दै एमालेकै नेताहरुले सामाजिक सञ्जाल रंग्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.