फुटबल सुन्दरी
अहिले विश्वमा कुनै पनि खेल पुरुषमा मात्र सीमित रहेन। विश्वका कठिनभन्दा कठिन खेलमा पुरुषले मात्र होइन, महिलाले पनि आफ्नो क्षमता र दक्षता देखाउने गरेका छन्। हरेक खेललाई रोचक, रोमाञ्चक र ‘ग्ल्यामरस’ बनाउन महिला खेलाडीको विशेष योगदान रहँदै आएको छ।
फुटबल संसारकै लोकप्रिय खेल हो। दुई सय पाँचभन्दा बढी राष्ट्रमा खेलिने यो खेल सबैको प्रिय खेलमा गनिन्छ। सबै उमेर र समूह रमाउने यो खेललाई लोकप्रियताको शिखरमा पुर्याउन यी सुन्दर फुटबलरको योगदानलाई पनि महत्वपूर्ण मानिन्छ।
मेक्सिकोकी नताली भिन्टी ती सुन्दर महिला फुटबलरमा गनिन्छिन्, जसले फुटबललाई ‘ग्ल्यामरस’ बनाउन मद्दत पु¥याए। विश्वका महिला फुटबलरको सूचीमा दसौं नम्बरमा रहेकी भिन्टी शारीरिक सुन्दरताकै कारण चर्चामा रहन सफल भएकी छन्। फुटबललाई राम्रोसँग बुझेकी भिन्टीको लामो कपाल र मन्द मुस्कानले सबैलाई मोहित बनाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पाँच नम्बर जर्सी लगाएर खेल्ने भिन्टी मेक्सिकन टोलीको महत्वपूर्ण मिडफिल्डर हुन्।
अर्की सुन्दरी फुटबलर हुन्— अमेरिकी होप सोलो। विश्वका सुन्दर महिला फुटबल खेलाडीको चर्चा गर्दा सबैको दिमागमा आउने नाम सोलो नै हो। बलिष्ठ र मिलेको शरीर, हँसिलो अनुहार, उच्च कद र अद्भुत कला। यिनै चिजले सोलोलाई सुन्दर फुटबलर बनाएको छ।
अमेरिकी फुटबल टोलीकी भेट्रान गोलकिपर सोलो निकै सफल खेलाडीमा गनिन्छिन्। उनकै प्रेरणामा अमेरिकाले महिला फुटबलमा सफलता हासिल गर्दै आएको छ। उनले पोस्ट सम्हालेपछि अरू खेलाडीले ढुक्कले खेल्न पाउने गरेको उनकै सहकर्मीले बताउँदै आएका छन्।
सुन्दर महिला फुटबल खेलाडीको शीर्ष स्थान ओगटेकी मोर्गनको चिम्सा आँखाले पुरुषलाई ‘सेक्स अपिल’ गर्ने विश्लेषक बताउँछन्।
सन् १९९० मा जन्मिएकी सिड्नी लेरोक्स अमेरिकी फुटबलरमा गनिन्छिन्। ओलम्पिक स्वर्ण पदकधारी खेलाडी लेरोक्स टोलीको स्ट्राइकर हुन्। सन् २००८ मा यू–२० टोलीबाट खेलेकी उनले २०१२ देखि सिनियर टोलीबाट फुटबल खेल्दै आएकी छन्। उनकै प्रेरणामा अमेरिकाले सन् २०१२ को लन्डन ओलम्पिकमा महिला फुटबलको उपाधि उचालेको थियो।
यस्तै सन् २०१५ मा महिला विश्वकप उचालेको थियो। उनले क्यानडाको क्यान्ससबाट व्यावसायिक फुटबल सुरु गरेकी छन्। लेरोक्स आफ्नो पर्सनालिटी र शारीरिक बनावटकै कारण सुन्दर खेलाडीको सूचीमा पर्न सफल भएकी हुन्।
अर्की सुन्दर फुटबलर हुन्— जुलिया सिमिक। जर्मनीकी २८ वर्षीया यी सुन्दरी व्यावसायिक रूपमा फेमिनिन लिग खेल्ने गर्छिन्। अग्ली फुटबलर जुलियाको मन्द मुस्कानले हरेक युवालाई मोहित पार्ने गरेको छ। जर्मनीको विभिन्न उमेर समूहबाट फुटबल खेलिसकेकी उनी मूलतः मिडफिल्डमा राम्रै दख्खल राख्छिन्। उनी एक सय युवाको ढुकढुकी हुन्।

विश्वका सुन्दर फुटबलर खेलाडीमा गणना हुने जुलियालाई चर्चाको शिखरमा पुर्याउन उनको सुन्दरताले पनि भूमिका खेलेको मानिन्छ। उमेरले २८ वसन्त पार गरिसक्दा पनि भर्खरकी झैं देखिने जुलियाले यही नै जीवनमा सुन्दर उपहार पाएको विश्लेषण गरिन्छ।
जोनिली फिलिंगो पनि सुन्दर महिला फुटबलरमा गनिन्छिन्। क्यानडाकी २७ वर्षीया फिलिंगोको टोलीले सन् २०१२ को लन्डन ओलम्पिकमा कांस्य पदक जितेको थियो। उनले स्काई ब्लु क्लबबाट क्यानडाको राष्ट्रिय लिग खेलेकी थिइन्। फिलिंगो एड्याटिङ मिडफिल्डर एवं स्ट्राइकर दुवैमा उत्तिकै सफल मानिन्छिन्। सन् २००६ देखि क्यानडाको यू–२० टोलीबाट फुटबल सुरु गरेकी उनले सन् २०१५ सम्म राष्ट्रिय टोलीबाट फुटबल खेलिन्।
एलिस अलेक्जेन्डर पेरी अस्ट्रेलियन खेलाडी हुन्। ‘हट’ महिला खेलाडीको परिचय बनाएकी पेरी अस्ट्रेलियाको क्रिकेट र फुटबल टोलीकी सदस्य हुन्। सन् १९९० मा जन्मिएकी पेरी सन् २००७ मा पहिले क्रिकेट टोलीमा आबद्ध भइन्।
कर्ली कपाल, आकर्षक शरीर र मन्द मुस्काउन सेसल्मनको विशेषता हुन्। यही कुराले उनी हरेक युवाको आँखामा पर्ने गरेकी छन्।
त्यसपछि फुटबल पनि खेल्न थालेकी पेरी क्रिकेट र फुटबल विश्वकप खेल्ने पहिलो अस्ट्रेलियन खेलाडी हुन्। उनले आफ्नो खेल जीवनमा धेरै खेलबाट पदक जितेकी छन्। संसारका सुन्दर खेलाडीमा दाँजिनुमा पेरीको आकर्षक जीउडाल र मधुर मुस्कानलाई प्रमुख मानिन्छ।
अर्की सुन्दर फुटबलर हुन्— अनुक अन्ना हुजेन्डिक। नेदरल्यान्डकी यी फुटबलर उमेर ३२ वसन्त पार गरिसके पनि आकर्षक जीउडाल र सुन्दर मुहारका कारण अहिले पनि ग्ल्यामरस फुटबलरको सूचीमा पर्दै आएकी छन्। सन् १९८५ मा जन्मिएकी हुजेन्डिकले अज्याक्सबाट व्यावसायिक फुटबल खेलिन्। मिडफिल्ड र डिफेन्समा दख्खल राख्ने यी फुटबलरले सन् २००४ देखि नेदरल्यान्डको राष्ट्रिय टोलीमा रहेर फुटबल खेलिन्। उनले फिफा विश्वकप र यूईएफए युरोकप फुटबल खेलिन्।
क्यानडाकी अर्की फुटबलर हुन्— लाउरा सेसल्मन। सन् १९८३ मा अमेरिकामा जन्मिएकी सेसल्मेनले खेलकुद जीवन भने क्यानडाबाट सुरु गरिन्। डिफेन्डर तथा फरवार्ड दुवैमा उत्तिकै सक्षम सेसल्मेनको टोलीले ओलम्पिक फुटबलमा कांस्य पदक पनि जित्न सफल भएको छ। उनको प्रेरणादायी भूमिकामा सन् २०१२ को लन्डन ओलम्पिकमा क्यानडाको टोलीले कांस्य पदक जितेको थियो।
सन् २०११ देखि २०१५ सम्म क्यानडाको राष्ट्रिय टोलीको सदस्य रहेकी सेसल्मेन फिटनेस कार्यक्रमको ट्रेनर, निर्माता र प्रस्तोता पनि हुन्। कर्ली कपाल, आकर्षक शरीर र मन्द मुस्काउन सेसल्मनको विशेषता हुन्। यही कुराले उनी हरेक युवाको आँखामा पर्ने गरेकी छन्। त्यसैगरी चिम्सा आँखाले पनि सेसल्मनको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
समग्रमा मेक्सिकन महिलाहरू सुन्दर हुन्छन् भनिन्छ। तर, रन्जेललाई हेर्दा यो भनाइ गलत होइन भन्ने प्रस्ट हुन्छ। उनको आकर्षक शरीरले सबैको आँखा तिर्मिराउन सक्छ।
नाएली रन्जेल मेक्सिको राष्ट्रिय फुटबल टोलीकी सदस्य हुन्। सन् १९९२ मा जन्मिएकी रन्जेल मिडफिल्डकी राम्रा खेलाडीमध्येमा गनिन्छिन्। २५ वर्षीया रन्जेलले व्यावसायिक फुटबल पनि मेक्सिकोकै टाइगर्स क्लबबाट खेल्दै आएकी छन्।
उनले सन् २०१२ को फिफा यू–२० महिला विश्वकपमा टोलीको कप्तानी सम्हालेकी थिइन् भने सन् २०१५ को महिला विश्वकप फुटबलमा पनि कप्तानीको जिम्मेवारी उनकै काँधमा आएको थियो। पाँच फिट सात इन्च अग्ली रन्जेलले मेक्सिको राष्ट्रिय टोलीबाट ७५ खेल खेलिसकेकी छन्।
रन्जेल विश्वका सुन्दर महिला फुटबलरमा दोस्रो नम्बरमा पर्न सफल भएकी छन्। समग्रमा मेक्सिकन महिलाहरू सुन्दर हुन्छन् भनिन्छ। तर, रन्जेललाई हेर्दा यो भनाइ गलत होइन भन्ने प्रस्ट हुन्छ। उनको आकर्षक शरीरले सबैको आँखा तिर्मिराउन सक्छ।
संसारका सुन्दर एवं ग्ल्यामरस फुटबल सुन्दरीमा गनिन्छिन् अमेरिकाकी एलेक्स मोर्गन। सन् १९८९ मा जन्मिएकी मोर्गन ओलम्पिक स्वर्ण पदक विजेता र महिला विश्वकप विजेता टोलीकी सदस्य हुन्। घरेलु टोली ओल्यान्डो प्राइड एवं राष्ट्रिय टोलीकी फरवार्ड मोर्गन पढेलेखेकी खेलाडीमा समेत गनिन्छिन्। उनी २२ वर्षको हुँदा विश्वकप र ओलम्पिक स्वर्ण जित्ने कम उमेरकी खेलाडी मानिन्छिन्।
उनले राष्ट्रिय टोलीबाट २८ गोल गरिसकेकी छन्। २० गोलभन्दा बढी गर्ने उनी पहिलो अमेरिकी महिला फुटबल खेलाडी हुन्। यही कारण उनी फिफा वर्ष खेलाडीको सूचीमा पनि परेकी थिइन्। सुन्दर महिला फुटबल खेलाडीको शीर्ष स्थान ओगटेकी मोर्गनको चिम्सा आँखाले पुरुषलाई ‘सेक्स अपिल’ गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दाबी छ।
प्रतिक्रिया दिनुहोस !