रिहानाकाे जादु

रिहानाकाे जादु

रिहानाले सन् २००५ मा आफ्नो पहिलो एल्बम ‘म्युजिक अफ द सन्’ बजारमा ल्याइन्। एल्बम निस्किँदा उनी भर्खरै १६ वर्ष लाग्दै थिइन्। एल्बमका सबै गीत चर्चित भए। बजारमा दुई मिलियनभन्दा धेरै प्रति (कपी) एल्बम बिकेपछि उनी विश्वमा चर्चित गायिकाको रूपमा उदाइन्।

रोविन रिहाना फेन्टी नामकी यी गायिकालाई यो एल्बमले चर्चित मात्र गराएन बरु ‘रिहाना’ नाममा मात्र सीमित गरिदियो। उनको पूरा नाम इतिहासमा सीमित हुन पुग्यो। सानैमा आफ्नो बुवासँग कपडा बेच्ने गर्थिन्, रिहाना। उनका बुवा कोकिन र अल्कोहलको एडिक्ट थिए। यो एडिक्सनले रिहानालाई पनि प्रभाव पार्‍यो। उनी पनि लतमा फसिन्।

त्यसैले सानो छँदा नै पटक–पटक उनको ‘सिटीस्क्यान’ गर्नु परेको थियो। रिहाना १४ वर्ष पुगेपछि बुवा–आमाले डिभोर्स गरे, त्यसपछि मात्रै उनको स्वास्थ्यमा क्रमिक सुधार आएको थियो। पारिवारिक तनाव सकिएपछि उनको जिन्दगी म्युजिकतिर मोडियो। उनले आफू पढ्ने स्कुलका दुई जना केटीसँग मिलेर एउटा म्युजिक ग्रुप बनाइन्।

सानैमा आफ्नो बुवासँग कपडा बेच्ने गर्थिन्, रिहाना। उनका बुवा कोकिन र अल्कोहलको एडिक्ट थिए। यो एडिक्सनले रिहानालाई पनि प्रभाव पार्‍यो। उनी पनि लतमा फसिन्।

सानैदेखि निकै गीत सुन्ने उनी सात वर्षको उमेरमा राम्रो गीत गाउने क्षमता राख्थिन्। पपस्टार रिहानाका ‘अम्ब्रेला’, ‘सस’, ‘टेक अ बो’, ‘वि फाउन्ड लभ’, ‘डाइमन्ड’ जस्ता गीत चर्चित छन्। उनको म्युजिक करियरको सुरुवातका लागि अमेरिकन रेकर्ड प्रोड्युसर इभान रोगरले निकै सहयोग पु¥याएका थिए। रिहानाले सन् २००३ मा रोगरकै सहयोगमा केही गीत गाइन्। १६ वर्षे युवती रिहानाको क्षमताबाट प्रभावित रोगरले पछि उनलाई म्युजिक करियरकै लागि अमेरिका बोलाए।

यी विश्व चर्चित गायिका म्युजिकमा मात्रै सीमित छिन् भन्ने चाहिँ होइन। ‘दिस इज द इन्ड (२०१३)’, ‘एनी (२०१४)’, ‘द होम (२०१५)’जस्ता फिल्ममा पनि उनलाई देख्न पाइन्छ। उनलाई केहीले बिजनेस म्यानका रूपमा पनि चिन्छन्।

Rihanna-उनको ‘अ गर्ल लाइक मी’ एल्बमलाई ‘विलबोर्ड २०० एल्बम चार्ट’ ले पाँचौं नम्बरमा समेत राखेको थियो। यसलाई रिहानाको उत्कृष्ट गीति एल्बमको रूपमा पनि लिइन्छ। रिहानाले २००६ मा बिरामी बच्चालाई सहयोग गर्ने भन्दै ‘विलिभ फाउन्डेसन’ खोलेकी थिइन्। उक्त संस्थाले विभिन्न नचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बालबच्चाको आवश्यकताअनुसार सरसहयोग, क्यान्सरको अनुसन्धानसमेत गरिरहेको छ।

रिहानाका तथ्यः

– उनी मेक्सिकन, चाइनिज, जापानिज, इन्डियन खाना मन पराउँदिनन्। उनी स्थानीय परिकार खान सुझाव दिन्छिन्।

– स्टेजमा जानु पहिले उनी प्रायः अल्कोहल लिन्छिन्।

– उनलाई २०१२ मा टाइम म्यागजिनले विश्वका एक सय प्रभाव पार्न सक्ने मान्छेको सूचीमा राखेको थियो।

– उनी गीत गाउने र ब्युटी पेजेन्टको विजेता मात्र होइन बरु ‘मिलिटर क्याडेट’ पनि हुुन्।

रिहानाका केही एल्बम

म्युजिक द सन्– २००५

अ गर्ल लाइक मी– २००६

अ गुड गर्ल गन ब्याड– २००७

रोटेड आर–२००९

लाउड– २०१०

टक द्याट टक–२०११

अनएपोलोजेटिक–२०१२

एन्टी– २०१६

अवार्ड–सूची

ग्रामी अवार्ड

विलबोर्ड म्युजिक अवार्ड

अमेरिकन म्युजिक अवार्ड

पिपल्स च्वाइस अवार्ड

-एजेन्सीकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.