अब्बास किरोस्तामीका पाँच फिल्म

अब्बास किरोस्तामीका पाँच फिल्म

 १) टेस्ट अफ चेरी : मिस्टर बादीको मृत्युप्रेम फिल्मको मुख्य विषय हो। बादी आत्महत्या गर्ने योजनामा हुन्छ। तर, मरेपछि आफ्नो लास कसले पुरिदेला भन्ने तनावले लखेट्छ। त्यसका लागि उसले केही मान्छेसँग आफूलाई सहयोग गरिदिन र त्यसबापत उचित पारिश्रमिक दिने बताउँछ। आफू मरेपछि पुरिनलाई उसले खाल्डो पनि खनिसकेको हुन्छ। बस्, आफ्नो लासमाथि माटो हालिदिने मान्छे भेट्टाउँदैन। अन्तमा, आफ्नो बिरामी बच्चालाई जँचाउन पैसाकै खोजीमा रहेको एक अजेरीले उसलाई सहयोग गर्ने बताउँछ।

२) ह्वयर इज द फ्रेन्ड्स होम : फिल्मको कथावस्तु स्कुले विद्यार्थीको वरिपरि घुम्छ। होमवर्क गर्ने सिलसिलामा अहमदले थाहा पाउँछ, साथीको नोटबुक आफूसँगै आएछ। त्यसैले ऊ नजिकैको गाउँमा बस्ने आफ्नो ‘क्लासमेट’को नोटबुक फर्काउन चाहन्छ।

abbas

नोटबुक फिर्ता गरिएन भने साथीले होमवर्क गर्न नपाउने हो कि भन्ने चिन्तामा छ ऊ। यसो हुँदा साथी स्कुलबाट ‘एक्सपेल’ हुनेछ। त्यसैले आमाले भनेको नटेरीकनै ऊ साथीको घर खोज्न आफ्नो घरबाट निस्कन्छ। एउटा सभ्य मान्छेको जिम्मेवारी के हो भन्ने कुरा फिल्मबाट जान्न सकिन्छ।

३) सर्टिफाइड कपी : लेखक र महिलाको सम्बन्धलाई फिल्मले देखाउन खोजेको छ। ब्रिटिस लेखक जेम्स मिलर आफ्नो पुस्तक ‘सर्टिफाइड कपी’को बारेमा बोलिरहेका हुन्छन्। लेखक बोलिरहेको ठाउँमा एक महिला आफ्नो छोरा लिएर पुग्छिन्। मिलरको पुस्तकमा हस्ताक्षर गर्न नपाउँदा महिलाले लेखकलाई पछि भेट्ने भन्दै आफ्नो फोन नम्बर छाड्छिन्। पछि उनीहरूको भेट हुन्छ। लेखकको चाहनाबमोजिम उनीहरू घुम्न जान्छन्। रेस्टुरेन्टकी एक महिलाले उनीहरू श्रीमान्/ श्रीमती भएको ठान्छिन्। यो घटनापछि उनीहरू सम्बन्ध झनै नजिक हुन्छ।

४. लाइक समवन इन लभ: फिल्मले युवकयुवतीको प्रेमलाई समेटेको छ। एकिको यौन व्यवसायमा आबद्ध छे। ऊ यौनकर्मी भएको ब्वाइफ्रेन्ड नोरिआकीलाई थाहा हुदैन। एक दिन उसले प्रोफेसर ताकासीसँग रात बिताउँछे। बिहान जब उनीहरू होटलबाट बाहिर निस्कन्छन् तब त्यहाँ नोरिआकी देखा पर्छ। नोरिआकीले ताकासीलाई प्रेमिकाको हजुरबुवा सम्झेर आफूहरू प्रेममा रहेको कुरा पनि बताउँछ र विवाह गरिदिन आग्रह गर्छ। त्यसपछिको मुख्य घटना बुक स्टोर र ताकासीको अर्पाटमेन्टमा घट्छ।

५. विलो एन्ड वाइन्ड: स्कुले केटाले सामना गर्नु परेको समस्या फिल्मको मुख्य विषय हो। एक विद्यार्थीले लिनु परेको जिम्मेवारीलाई फिल्मले देखाउन खोजेको छ। स्कुलमा झ्यालको सिसा फुटाएपछि एक युवकलाई झ्याल पहिलेकै अवस्थामा ल्याउन ‘अर्डर’ दिइन्छ। केटोले पैसा जुटाएर झ्यालका लागि सिसा त किन्छ तर बजारबाट स्कुलसम्म त्यो सिसा ल्याइपु¥याउन उसलाई निकै सकस हुन्छ। धारिलो सिसा, अप्ठ्यारो बाटो, खोलानाला र बेस्सरी चलिरहेको हावाले उसलाई त्यो सिसा बोक्न निकै गाह्रो हुन्छ। यस कार्यका लागि उसलाई कसैले सहयोग गर्दैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.