पोर्चुगलमा सवारी दुर्घटना, नेपाली युवतीको मृत्यु, थप सात घाइते

पोर्चुगलमा सवारी दुर्घटना, नेपाली युवतीको मृत्यु, थप सात घाइते

काठमाडौँ: पोर्चुगलमा बिहीबार भएको सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको । यो दुर्घटनामा अन्य पाँचजना नेपालीसहित सातजना घाइते भएका छन् ।

पोर्चुगलको राजधानी लिस्बोन नजिकैको सेतुबाल मोन्तिजो पिगोएसमा भएको दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा चितवनको साविक भण्डारा गाविस-८ हाल राप्ती नगरपालिका-४ निवासी दुर्गाबहादुर खुलाल तामाङकी छोरी २५ वर्षीया चेतमाया खुलाल गोले तामाङ रहेकी छन् ।

मृतक चेतमाया केही महिनाअघि मात्रै पोर्चुगल पुगेकी थिइन् । दुर्घटनामा चितवनकै अनिशा विश्वकर्माको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा अनिशा बिक, अल्का भेटवाल, आरती श्रेष्ठ राई, उषा बर्तौला र तुफेल मोहम्मद लगायत छन् ।

घाइतेहरुको सेतुबाल अस्पतालमा उपचार भइरहेको घटनास्थल पुगेका एक नेपालीले जानकारी दिएका छन् । काम गर्ने कम्पनीतिर जाँदै गर्दा पानी परेको सडकमा गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो । गाडी चालक भने भारतको पञ्जावका थिए ।

यी कामदारहरु नेपाली युवा गणेश ज्ञवालीको क्यापासीटी फर वर्क कम्पनीमा काम गर्दथे । दुर्घटना भएको थियो । कम्पनीमा एक भारतीयसहित १२ जना नेपाली महिलाहरु रोजगार छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.