संगठनमा आवद्ध शिक्षकले छोराछोरीलाई निजी स्कुलमा नपढाउने

संगठनमा आवद्ध शिक्षकले छोराछोरीलाई निजी स्कुलमा नपढाउने

सिन्धुली : एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीमा आबद्ध शिक्षकले आफ्ना छोराछोरीलाई नीजी विद्यालयमा नपढाउने घोषणा गरेका छन् ।

सिन्धुलीमाडीका सोमबार पत्रकार सम्मेलन गर्दै पाँचौं सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर उकास्नका लागि आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा नै पठनपाठन गराउने बताए ।

नवनिर्वाचित अध्यक्ष विजयकुमार थिङले सरकारी विद्यालय तथा शिक्षकमाथि निरन्तर चौतर्फी रुपमा शैक्षिक गुणस्तर कमजोर गराएको भनी आलोचना भएकाले सरकारी विद्यालयमा कार्यरत शिक्षकबाटै शैक्षिक गुणस्तर सुधारका लागि यस्तो अभियानको थालनी गरिएको समेत बताए । हालै सम्पन्न सम्मेलनले थिङको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.