झापाको देविका किराना पसललाई अन्नपूर्णको एक लाख

झापाको देविका किराना पसललाई अन्नपूर्णको एक लाख

काठमाडौं : अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजना अन्तर्गत लक्की ड्रबाट झापा चन्द्रगढी –१० को देविका किराना पसलले नगद एक लाख रुपैयाँ उपहार जितेको छ ।

गैह्रआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान सचिव अर्जुनकुमार श्रेष्ठले सोमबार गरेको लक्की ड्रबाट रसिद नम्बर ८७१६ को देविका किराना पसलले एक लाख रुपैयाँ जितेको हो ।

‘सार्वजनिक बिदाका दिन लक्की ड्र हुदैन’ सर्कुलेसन म्यानेजर मनोज बस्नेतले भने ‘बिदाका दिन बनेका ग्राहकलाई भोलीपल्टको लक्की ड्रमा समावेश गराउँछौं ।’ हरेक दिनगरिने लक्की ड्र को एपिवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको ‘ज्ञानको धनी साथमा टन्न मनी’ वार्षिक ग्राहक योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्ना साथ हातहातै इलेक्ट्रोनिक्स् ब्लड प्रेसर मेसिन (बिपी मेसिन¬) उपहार पाउनेछन् । साथै हरेक दिन एक जना वार्षिक ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ उपहार पाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.