मुख्यमन्त्रीका लागि सक्षम छु : नेता राई

मुख्यमन्त्रीका लागि सक्षम छु : नेता राई

भोजपुर : नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रदेश –१ को मुख्यमन्त्रीका लागि आफू सक्षम रहेको बताएका छन् ।

जिल्लाको पौवादुङ्गा गाउँपालिकाको वार्षिक बजेट र कार्यक्रम घोषणासभामा उनले प्रदेश –१ को सरकारको नेतृत्वका लागि आफू सक्षम रहेको बताएका हुन् ।

भोजपुर –२ खबाट प्रदेशसभा सदस्यमा निर्वाचित राईलेभने, ‘प्रदेश सरकारको नेतृत्वको दौडमा म बलियोरुपमा प्रस्तुत छु, सम्भवत मुख्यमन्त्रीको जिम्मेवारी मेरो काँधमा आउनेछ ।’

उक्त प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका सचिव एवं पूर्व संस्कृतिमन्त्री भीमप्रसाद आचार्यले पनि आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

नेता राईले आउँदो फागुन पहिलो साताभित्र केन्द्र र प्रदेश सरकार बनिसक्ने र नयाँ सरकार बनेपछि मुलुकमा समृद्धिको महाअभियान सरु हुने बताउँदै अब नेपाल कुनै अलमल र अराजकतामा नफस्ने दावी गरे ।


विकास निर्माणका काममा स्थानीय सरकारलाई जवाफदेही बनाउन सहयोगर्ने उनले बताए । स्थानीय सरकारलाई थप बजेट र कार्यक्रम दिन आगामी प्रदेश सरकार तयार हुने पनि उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) बाट नवनिर्वाचत प्रतिनिधिसभा सदस्य सुदन किराँतीले प्रदेश –१ ले राईलाई मुख्यमन्त्रीका रुपमा पाउने आशा व्यक्त गर्दै विकास निर्माणका काममा नयाँ सरकारपछि तिब्रता आउने स्पष्ट पारे ।


गाउँपालिकाको प्रथम गाउँसभाले खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्तिसुरक्षा र शिक्षालगायतका कार्यक्रम र चालू पूँजीका लागि कुल रु २२ करोड २९ लाख ८१ हजारको बजेट पारित गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष किरण राईले जनताको चाहनाअनुसार आफूहरुले ल्याएका कार्यक्रम कार्यान्वयनका लागि केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक भएको बताए । गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले वार्षिक बजेट र कार्यक्रम सार्वजनिक गरेकि थिइन् । रासस
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.