एमालेका मुख्यमन्त्री राष्ट्रियसभा चुनावपछि

एमालेका मुख्यमन्त्री राष्ट्रियसभा चुनावपछि

काठमाडौं : एमालेले राष्ट्रियसभा चुनावपछि मात्रै मुख्यमन्त्रीको टुंगो लगाउने भएको छ। संसदीय दल नेता चयन हुन बाँकी प्रदेशमा राष्ट्रियसभा चुनावलगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने र मतदानबाट दलको नेता चयन गरिनेछ। केपी ओलीको अध्यक्षतामा मंगलबार बसेको स्थायी समितिको बैठकले सर्वसम्मत नभएका प्रदेशमा मतदानबाटै मुख्यमन्त्री छनोट गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्रीमा आकांक्षी धेरै हुँदा मतदानबाटै छनोट गर्ने निर्णयमा एमाले पुगेको छ। प्रदेश कमिटीबाट सर्वसम्मत हुन नसकेको ठाउँमा मतदानबाट टुंगो लगाइने सचिव गोकर्ण विष्टले बताए। ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने प्रदेशसभा संसदीय दलको बैठकले दल नेताको चयनसम्बन्धी विधि र प्रक्रिया तय गर्नेछ। त्यसका लागि तीन सदस्यी निर्वाचन कमिटी गठन गरिने उपाध्यक्ष वामदेव गौतमले बताए।

एमाले र माओवादीबीचको भागबन्डाअनुसार एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्रीको नेतृत्व गर्दै छ। प्रदेश ५ मा संसदीय दलको नेतामा सर्वसम्मत रूपमा शंकर पोखरेल घोषित भइसकेकाले बाँकी १, ३ र ४ प्रदेशमा मुख्यमन्त्रीका लागि निर्वाचन हुनेछ। प्रदेशसभा बैठक भने माघ तेस्रो साताका लागि आह्वान भएको छ। एमालेले प्रदेशसभा बैठकअगावै प्रदेशसभामा संसदीय दलको बैठक आयोजना गर्ने भएको छ।

दलको नेताको निर्वाचन भएको प्रदेशमा दल नेताको अध्यक्षतामा र दल नेताको निर्वाचन सम्पन्न हुन बाँकी प्रदेशमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभामा संसदीय दलको बैठक बस्ने निर्णय गरेको गौतमले बताए। एमालेले एक सातापछि हुन गइरहेको राष्ट्रियसभा चुनावमा मतदाता रहेका प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख–उपप्रमुख र अध्यक्ष र उपाध्यक्षलाई निर्वाचन सम्पन्न नभएसम्मका लागि देशबाहिर र प्रदेशबाहिर नजान निर्देशन जारी गरेको छ।

बैठकले एकल संक्रमणीय निर्वाचन प्रणालीमा तालिमको आवश्यकता ठहर गर्दै सबै मतदातालाई अनिवार्य मतदानसम्बन्धी तालिम दिने निर्णय पनि गरेको छ। वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन संयुक्त रूपमा मतदाता शिक्षा तथा प्रचार प्रसारका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।


मुख्यमन्त्री छान्ने जिम्मा तीन नेतालाई

काठमाडौं : एमालेसँगको सहकार्यमा दुई प्रदेशमा सरकार गठनको तयारीमा लागेको माओवादी केन्द्रले प्रदेश मुख्यमन्त्री छनोटको जिम्मा शीर्ष तीन नेतालाई दिने तयारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले अन्तिम टुंगो लगाउनेछन्।

प्रदेश ६ र ७ मा माओवादीले एमालेसँगको सहकार्यमा सरकार गठन गर्नेछ। ती दुवै प्रदेशमा दुई–दुई जना नेताले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्। प्रदेश ६ मा नरेश भण्डारी र महेन्द्रबहादुर शाही तथा प्रदेश ७ मा वीरमान चौधरी र झपट बोहराले दाबी गरेका छन्।

मुख्यमन्त्री दाबी गरेका नेता सहमतिमा आउने नदेखिएपछि माओवादीले पार्टीको सम्बन्धित प्रदेश कमिटी, प्रदेश सभासद् र केन्द्रीय सचिवालय सम्मको सुझावका आधारमा मुख्य तीन नेतालाई मुख्यमन्त्री चयनको जिम्मेवारी दिने तयारी भएको प्रवक्ता पम्फा भुसालले बताइन्।

२४ माघमा राष्ट्रियसभा चुनाव भएका कारण प्रदेश प्रमुख चुनावअगाडि छानिने सम्भावना न्यून देखिन्छ। माओवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री, प्रदेश ४ र ५ मा सभामुख र प्रदेश १, ३, ६ र ७ मा उपसभामुख लिएर प्रदेश सरकारमा सहकार्य गर्ने समझदारी एमालेसँग टुंग्याएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.