‘लुरुक्क सरकार छाडिँदैन’

‘लुरुक्क सरकार छाडिँदैन’

कुस्मा : वाणिज्यमन्त्री मीन विश्वकर्माले अरू पार्टीले भन्दैमा लुरुक्क सरकार नछाड्ने बताएका छन् । सरकारमा कसैले नियुक्त गरेर नगएको तर्क गर्दै मन्त्री विश्वकर्माले संविधानको प्रक्रियाअनुसार सरकार छाड्ने जानकारी दिए । पर्वतको कुस्मा बजारमा सञ्चालित सहिद स्मारक आवासीय माविले सहिद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले सरकारमा बसेर गरेका सबै निर्णय वैधानिक भएको दाबी गरे । अन्य दल सरकारमा हुँदा गरेका निर्णय वैधानिक हुने तर कांग्रेसको सरकारले गरेका निर्णय अवैधानिक हुने भन्ने तर्क हास्यास्पद हुने उनको दाबी थियो ।

प्रतिनिधिसभा निर्वाचनमा बहुमत हासिल गरेको एमालेलगायत दलले सरकारले पछिल्लो समय गरेका निर्णय अवैधानिक भएको र खारेज गर्ने बताइरहेका बेला मन्त्री विश्वकर्माले सरकारको निर्णयको बचाउ गरे । ‘सिंहदरबारमा बसेर सरकारले गरेका सबै निर्णय वैधानिक हुन्’, वाणिज्यमन्त्री विश्वकर्माले भने, ‘यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन ।’ सरकार छाडेर हिँडेपछि निर्णय गरेको भए अवैधानिक हुने उनले जिकिर गरे ।

निर्वाचनमा पराजित भएर कामचलाउ हालतमा पुगेको सरकारले मुलुकमा दीर्घकालीन महत्व राख्ने निर्णय गरेको भन्दै आलोचना भइरहेका बेला मन्त्री विश्वकर्माले सरकारसँग गोल हान्ने अवसर रहेकाले अझै धेरै महत्वपूर्ण निर्णय गर्न सक्ने संकेत पनि गरे । ‘खेलमा पसेपछि अन्तिम समयसम्म गोल गर्ने चाहना हुन्छ’, उनले भने, ‘सरकारमा बसुन्जेल गोल हान्ने अवसर कत्ति पनि छाडिन्न, गोल गर्ने अवसर कसैले गुमाउँदैन ।’

फागुन पहिलो साता मात्रै प्रधानमन्त्रीले राजीनामा दिने उनले बताए । ‘राष्ट्रियसभाको निर्वाचनपछि मात्रै सत्ता हस्तान्तरण प्रक्रिया थालनी हुन्छ’, उनले भने । प्रधानमन्त्री शेरबहादुर देउवा निर्णय गर्ने कुरामा नडराउने बताउँदै सरकारमा पुगेका बेला धेरै सकारात्मक निर्णय गरेको मन्त्री विश्वकर्माले दाबी गरे । पछिल्लो चुनावमा पनि कांग्रेसले लोकप्रिय मत पाएको दाबी गर्दै चुनाव जितेर नमात्तिन एमाले र माओवादी केन्द्रलाई आग्रह गरे । आफू मन्त्री भएपछि वाणिज्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने खालका दूरगामी काम गरेको पनि उनले दाबी गरे । ‘जति समय सत्तामा रहेँ मैले दूरगामी र मुलुकको हित हुने मात्र काम गरेको छु’, मन्त्री विश्वकर्माले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.