अशोक लेल्यान्डको ग्रान्ड
काठमाडौं : अशोक लेल्यान्डको व्यावसायिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता तथा आईएमई ग्रुपअन्तर्गतको अटोमोबाइल सेवा प्रदायक आईएमई मोटर्स प्रालिले ‘क्याप्टेन’ टिपरको नेपालमा बिक्रीवितरण थालेको छ । सोमबार दिन होटेल ह्यात रिजेन्सी, बौद्ध, काठमाडौँमा एक कार्यक्रममार्फत उसले उक्त गाडी बिक्रीवितरण थालेको हो ।
कार्यक्रममा आईएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेल्यान्ड लिमिटेडका ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुज कथुरियाको उपस्थिति थियो । कार्यक्रममा आईएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आईएमई मोटर्स प्रालिका निर्देशक सन्दीप अग्रवाल, सुमन पोखरेल र ईश्वर कार्की, आईएमई मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेल्यान्ड ग्लोबल ट्रक्र्सका भाइस प्रेसिडेन्ट सुभेन्दु मोइत्रा, अशोक लेल्यान्डका पूर्वी सार्क क्षेत्रीय प्रबन्धक तन्मय मित्रा आदिको उपस्थिति थियो ।
क्याप्टेन गाडीहरूमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक विशेषता भएकाले चलकलाई गाडीका विभिन्न अवस्थाको बारेमा जानकारी प्राप्त हुन्छ । यस ट्रकले नेपालको उच्च दक्षता भएको ट्रकको बढ्दो माग पूरा गर्ने कम्पनीले जनाएको छ । राम्रो कार्यदक्षता र चालकलाई आरामदायी क्याबिन क्याप्टेन टिपरका मुख्य आकर्षण हुन् । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेन्डेड चालक सिट, टिल्टेबल, वातानुकूलित क्याबिन र म्युजिक सिस्टमको सुविधा छ ।