केस कन्स्ट्रक्सनको नयाँ सोरुम जनकपुरमा
काठमाडौं : नेपालमा विगत लामो समयदेखि अटो मोबाइल क्षेत्रमा निर्माण तथा कन्स्ट्रक्सन मेसिन बिक्रीवितरण गर्दै आएको व्यापारिक घराना शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले केस कम्पनीका विभिन्न कन्स्ट्रक्सन इक्विपमेन्ट बिक्रीवितरण गर्दै आएको छ ।
देश निर्माणको सारथि भन्ने नारासहित बिक्रीवितरण गर्दै आएको उक्त कम्पनीले अहिलेसम्म देशभर १३ भन्दा बढी स्थानबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्प्याक्टर, ब्याकहो लोडर, स्किड स्टिरलगायत हेभी इक्विपमेन्टको बिक्रीवितरण, सर्भिस, स्पेयर पार्ट्स तथा बिक्रीपछिका सम्पूर्ण सेवा र मर्मतसम्भार गर्दै आएको कम्पनीले, आफ्ना सबै सोरुममार्फत सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले आफ्ना नयाँ सोरुम माघ १५ गते जनकपुरमा स्थापना गरेको छ । धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाह, इँटा उद्योग संघका अध्यक्ष विनयकुमार यादव र जगदम्बा मोटर्स हेभी इक्विपमेन्ट डिभिजनका प्रमुख सञ्जीव देउजाले संयुक्त रुपमा सोरुम उद्घाटन गरे ।