अफगानिस्तानमा ६.१ म्याग्निच्यूटको भूकम्प, एकको मृत्यु, दर्जनौ घाइते
एजेन्सी : बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी पाकिस्तानमा एक जनाको मृत्यु भएको छ भने दजनौ घाइते भएका छन् । प्रारिम्भक विवतरण अनुसार राजधानी इस्लामावाद, लाहोर, पेसावर र क्वेटामा भूकम्पको धक्का महसुस गरिएको छ ।
अफगानिस्तानको राजधानी काबुल भन्दा २७० किलोमिटर उत्तर हिन्दुकुश हिमालमा केन्द्रविन्दु रहेको यो भुकम्प ६.१ म्याग्निच्यूट रेकर्ड गरिएको छ । भूकम्पका कारण पाकिस्तानमा धेरै घरहरु चकिएका छन् । भुकम्पको धक्का महसुस भएपछि मानिसहरुको भागभाग भएको थियो ।
भुम्कपका कारण एक युवतीको मृत्यु भएको छ भने दुई गम्भिर घाइते भएका छन् । बलुचिस्तानमा एक विद्यालयको पर्खाल भत्किएर धेरै विद्यार्थीहरु घाइते भएका छन् । भूकम्पको धक्का भारतको कस्मिर क्षेत्रमा समेत महसुस गरिएको छ । अफगानिस्तानमा पनि भूकम्पका कारण क्षति भएको भएपनि विस्तृत विवरण आउन सकेको छैन् ।