शेरबहादुरलाई योगेशले किताब लेख्न सुझाव दिएपछि घरमै खाना खाने निम्तो..
काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट हटेपछि एमाले सचिव योगेश भट्टराईलाई खाना खान निम्तो गरेका छन्। नेपाल टेलिभिजनको ३३ औ स्थापना दिवसको अवसरमा बुधबार प्रधानमन्त्री देउवासँग मन्तव्यपछि भएको छोटा सम्वादमा खानाका लागि योगेशलाई निम्तो दिएका हुन्।
देउवासँगको आफ्नो छाटो सम्वादको बारेमा योगेशले फेसबुस स्टाटसमा लेखेका छन् मैले वहाँलाई सोधे,अर्को महिनापछि त तपाईंलाई धेरै नै फुर्सद हुने भयो हजुर के गरेर समय बिताउनुहुन्छ , …पार्टी काम अनि आरम' उहाँले तु जवाफ दिनुभयो।
उनले स्टाटसमा थप लेखेका छन् : अनि मैले भने , त्यतिले मात्र हुँदैन, कठोर पञ्चायतीकालमा राजनीतिमा लाग्नु भयो, धेरै दुख पाउनु भयो, बहुदल आएपछि प्रायः सरकारमै रहनुभयो, गिरीजाबाबुसँग मिल्नु भयो अनि लड्नु पनि भयो, एमालेसँग लड्नु भयो अनि मिल्नु पनि भयो, माओवादीसँग पनि त्यस्तै, राजाको हुनुभयो, राजासंगै लड्नु भयो, भारत, चीन, अमेरिका लगायत धेरै अन्तरराष्ट्रिय शक्तिहरुसँग कुरा गर्नु भयो, पार्टीमा गुटका बिरुद्ध लड्नुभयो अनि आँफै गुट पनि बनाउनुभयो आदी आदी .....अब त राजनीतिबाट रिटायर्ड् पनि हुने होला। अब यि सबै बिषयलाई समेटेर् किताब लेख्नु पर्यो। हजुरको अनुभब हामी र् आउने पुस्तालाई खुब काम लाग्छ, नढांटी लेख्ने हो भने बजारमा पनि खुब बिक्छ, पैसा पनि आउँछ।
योगेशकाे लागो गन्थन सुनेपछि देउवाले प्रधानमन्त्रीबाट हटेपछि घर आएर खाना खाई थप कुरा गर्न आउनु भन्दै बोलाए। प्रधानमन्त्री देउवाले भने,‘ प्रमबाट हटेपछि घरमा आएर खाना साना खाएर थप कुरा गरौ है। योगेशले स्टाट्समा लेखेका छन् : प्रधानमन्त्री हुन्जेल भेटिएन, प्रधानमन्त्रीबाट हटेपछि चै बुढासँग भेटघाट हुने पक्का भयो।भाषणमा अलि अलि छेडछाड पनि भएको पनि फेसबुक स्टाट्समा योगेशले लेखेका छन्।