चन्दालाई पाउन ग्याङ फाइट
काठमाडौं : भारतीय मोडेल दिपान्सु थापाका साथमा सुमी मोक्तानले मोडलिङ गरेको ‘चोलीको तुना’ बोलको म्युजिक भिडियो दर्शकमाझ आएको छ । गायिका तथा तामाङभाषी चलचित्रकी नायिका चन्दा घिसिङले गाएको यो गीतको भिडियो चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको हो।
संगीतकार टीका बम्जनको शब्द एवं संगीत रहेको गीतमा पवनवाङ लामाको संगीत संयोजन छ । भिडियो निर्देशन एवं सम्पादन विज्ञान राईले गरेका छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियो हरि हुमागार्इंले खिचेका हुन् ।
दिपान्सु नेपाली चलचित्रमा डेब्यु गर्ने तरखरमा छन् । ‘केही राम्रा र ठूला ब्यानरका चलचित्रमा कुरा भइरहेको छ । कुनै एउटा छानेर काम गर्ने सोचमा छु’, नयाँदिल्ली निवासी दिपान्सुले भने । राम्रो गीत र टिम भएकाले भिडियोमा मोडलिङ गरे पनि आफ्नो लक्ष्य चलचित्र भएको दिपान्सुको भनाइ छ ।
चोलीको तुना गायिका घिसिङको नयाँ एल्बमको गीत हो । पहिलो एल्बम ‘मंगोलियन गर्ल’मा समेटिएको सुपरहिट गीत ‘झुम्का गि¥यो रे’ले युट्युबमा ४० लाखभन्दा बढी भ्युवर्स पाएको छ । ‘गीत र भिडियो दुवै भनेजस्तो बनेको छ । झुम्का गि¥यो रेले जस्तै यो गीतले पनि श्रोतादर्शकको माया पाउने अपेक्षा गरेकी छु’, गायिका घिसिङले भनिन् । ‘चोलीको तुना कसिएर सारै टाइट भो, मलाई पाउन ठिटाहरूको ग्याङफाइट भो’ बोलको गीत क्याची छ । भारतको इलाहाबादस्थित प्रयाग संगीत समितिबाट शास्त्रीय संगीतमा बिम्युज गरेकी उनी थोरै तर स्तरीय गीत गाउन रुचाउँछिन् ।