सोल्टीमा प्रचण्ड र सुष्मा स्वराजको 'ब्रेकफास्ट' भेट

सोल्टीमा प्रचण्ड र सुष्मा स्वराजको 'ब्रेकफास्ट' भेट

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री सुष्मा स्वराज बीच भेटघाट भएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार सोल्टी होटलमा शुक्रबार बिहान  साढे ९ बजे स्वराज र प्रचण्ड बीच भेटघाट भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिएका छन् ।विदेशमन्त्री स्वराजको  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सहित कांग्रेस नेतासँग  भेटवार्ता हुने कार्यक्रम छ । उनी आजै अपराह्न दिल्ली फिर्ता हुनेछिन् । 

बिहीबार दिउँसो काठमाडौं आएकी स्वराजले भावी प्रधानमन्त्रीको मुख्य दावेदार रहेका एमाले अध्यक्ष केपी ओलीसँग एकल र एमाले नेतासहित संयुक्त भेटवार्ता गरेकी थिइन् ।

संविधान निर्माणपछि भएको पहिलो संघ र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरी सरकार नयाँ सरकार बन्ने मिति नजिकिक्दै गरेको बेलामा विदेशमन्त्री स्वराजको अस्कमिक नेपाल आगमनलाई चासो र शंकाको दृष्टिले हेरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.