खेलाडीका प्रेरणादायी प्रेमगाथा

खेलाडीका प्रेरणादायी प्रेमगाथा

प्रेमलाई जीवनको अभिन्न अंग मानिन्छ। भन्नेहरू प्रेमबिनाको जीवन अधुरो र अपुरो हुन्छ भन्छन्। रोमियो जुलियट र मुनामदनका प्रेम प्रसंगले अहिले पनि संसारभरका मानिसलाई रोमाञ्चित तुल्याउँछ। प्रेम दिवस (भ्यालेन्टायन डे) नजिकिँदै गर्दा विश्व फुटबलका केही हस्तीका प्रेरणादायी प्रेमिल जीवनगाथा यहाँ प्रस्तुत गरिएको छ। जलाटन इब्राहिमोभिच र हेलेना सेगर

जलाटन इब्राहिमोभिच मैदानभित्र र मैदानबाहिर उत्तिकै चर्चित खेलाडी हुन्। म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मैदानभित्र सुन्दर खेल पस्किने उनी मैदानबाहिर भने रिसाहा स्वाभावले चर्चित छन्। उनी पत्रकारको बेइज्जत गर्नेदेखि आफ्नै प्रशिक्षक पेप ग्वाडिवालालाई गाली गर्नसम्म पछि परेनन्।

‘एंग्री म्यान’को छवि बनाएका इब्राहिमोभिच र स्विडिस मोडल हेलेना सेगरको पहिलो भेट सन् २००२ मा फरारी रेसका क्रममा भएको थियो। अहिलेका उनीहरूका दुई सन्तान छन्। फुटबलरले लुगाजस्तै आफ्ना पार्टनर परिवर्तन गरिराखेका बेला इब्राहिमोभिच र सेरेना फुटबलरका लागि उदाहरण बनेका छन्।

रिकार्डो काका र क्यारोलिन सेलिको

रिकार्डो काका र क्यारोलिन सेलिको पनि फुटबल खेलाडीमाझ उदाहरणीय जोडीका रूपमा चिनिन्छन्। ब्राजिलको राष्ट्रिय टोलीका पूर्वफुटबलर काका र गायिका, समाजसेवी तथा पादरी सेलिको टिन एजमै भेटेका थिए। त्यतिखेर काका १६ र सेलिको १४ वर्षका मात्र थिए। सानै उमेरदेखि सँगै भएका उनीहरू विवाह गर्नुअघि लामो समयसम्म ‘लिभिङ टुगेदर’ का रूपमा बसे। लामो समयसम्म प्रेमिल जीवन बिताएका उनीहरूका फ्यानले सन् २०१४ मा दुःखद् समाचार सुने।

kaka-caroline-celico-(1)

काका र क्यारोलिन अलग हुने समाचार संसारभर फैलियो। तर त्यही वर्षको अन्त्यमा क्यारोलिनले स्टाग्राममा तस्बिर अपलोड गर्दै आफूहरूसँगै रहेको बताएपछि उनीहरूका फ्यानले राहतको सास फेरेका थिए तर त्यो राहत धेरैबेर टिकेन। सेलिको काकालाई छाडेर हिँडिन्। यसले काका र सेलिकाको फ्यानलाई त दुःखी बनायो नै, काका पनि लामो समय विक्षिप्त बने।

जाभी एलोसन र नागोर अरानबुरु

स्पेनका चर्चित फुटबलर जाभीले व्यावसायिक फुटबलबाट सन्न्यास लिइसके। तर उनी आफ्नो दाम्पत्य जीवनका कारण अहिले पनि आम फुटबलप्रेमी माझ चर्चित छन्। मिडफिल्डर जाभी र उनको जीवनसाथी नागोरलाई ‘क्लासी कपल’ रूपमा हेर्ने गरिन्छ।

प्रेम दिवस (भ्यालेन्टायन डे) नजिकिँदै गर्दा विश्व फुटबलका केही हस्तीका प्रेमिल जीवनगाथा।

सन् २००९ मा विवाह गरेका उनीहरूले आफूलाई आदर्श जोडीका रूपमा उभ्याएका छन्। उनीहरूको बोलीचाली, रहनसहन र व्यवहारकै कारण यो जोडीको चर्चा विशेष रूपमा हुने गरेको छ। यी दम्पतीले तीन सन्तानको पनि आदर्श अभिभावकको भूमिका निर्वाह गरेका छन्।

इकर कासिलास र सारा कार्बोनेरो

सन् २०१० मा स्पेनले विश्वकप फुटबलको उपाधि जित्दा इकर कासिलासले आफ्नी प्रेमिका सारालाई चुम्बन गरे। सार्वजनिक रूपमा गरिएको चुम्बन संसारभरको मिडियाका लागि गतिलो खुराक बन्यो। सन् २००८ देखि २०१२ सम्म विश्वका उत्कृष्ट गोलकिपर बनेका कासिलास खेलकुद पत्रकार तथा टेलिभिजन प्रस्तोता साराको प्रेममा परेको खबर संसारभर फैलियो।

iker-casillas-sara-carbonero-1

सारा र कासिलासले सन् २०१६ मा प्रेमलाई विवाहमा परिणत गरे। अहिले उनीहरूका दुई सन्तान छन्। लामो समय प्रेम गरेर विवाह गरेका कासिलास र सारालाई विश्व फुटबलको आदर्श जोडीका रूपमा चित्रण गर्छ।

लियोनल मेसी र एन्टोनिला रुकुजो

अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लियोनल मेसीले आफ्नो बाल्यकालदेखिको साथी एन्टोनिला रोकुजोसँग सन् २०१७ मा विवाह गरे। तर यी दुईको प्रेमकथा भने सबैका लागि आदर्श र प्रेरणा बनेको छ। प्रेमीहरूको महान पर्व ‘भ्यालेन्टायन डे’ नजिकिँदै गर्दा यी दुईको प्रेमगाथा सबैका लागि मननीय बन्न सक्छ। साँचो प्रेम वास्तविक जीवनमा भेटिन्छ भन्ने उदाहरण यी दुईको प्रेमले दिएको छ।

Lionel-Messi-and-Antonella-Rocuzzo-1-(1)

मेसी र एन्टोनिलाको भेट २१ वर्षअघि अर्जेन्टिनामा भएको थियो। उनीहरू पाँच वर्षको हुँदा उनीहरूका अभिभावक पनि मिल्ने साथी थिए। दुई परिवारको भेटघाटका क्रममा मेसीले एन्टोनिलालाई पहिलो पटक देखेका थिए। सानोमा खेल्दाखेल्दै एन्टोनिलासँग नजिकिएका मेसीले त्यही बाल्यकालको साथीलाई आफ्नो जीवनसाथी बनाए।

पाँच वर्षको कलिलो उमेरमै सुरु भएको यी दुईबीचको सम्बन्धमा सन् २००९ मा पुनर्ताजगी ल्यायो। बच्चैका साथीलाई भेटेपछि मेसीले आफ्नो कुरा राखे र जीवनभर साथ दिने कसम खाए। विवाहपूर्व नै दुई छोराका आमाबाबु बनिसकेका उनीहरूको सम्बन्ध बलियो बनायो। सन् २०१२ मा एन्टोनिला गर्भवती भइन् र उनीहरूको पहिलो सन्तान थिआगोले जन्मियो। सन् २०१५ मा एन्टोनिलाले मटेओलाई जन्म दिइन्। उनीहरू अहिले आफ्नो तेस्रो सन्तानको प्रतीक्षामा छन्।

राहुल गोन्जालेज र म्यामेन सान्ज

स्पेनिस फुटबलर राहुल र सान्ज आफ्नो निजी जीवनलाई निकै गोप्य राख्ने गरेका छन्। जतिसुकै उतारचढाव आए पनि सम्बन्धलाई सुमधुर बनाउन सक्नुलाई आश्चर्यका रूपमा हेरिएको छ। लामो समय स्पेनी क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलेका राहुल र सान्जले सन् १९९९ मा विवाह गरे। उनीहरूका चार छोरा र एक छोरी छन्। उनीहरू छोराछोरीसँग निकै खुसीसाथ जीवन बिताइरहेका छन्।

जोसे मोरिन्हो र माटिल्डे फरिया

पुरुषको सफलतामा महिलाको हात हुन्छ भन्ने उखानलाई चरितार्थ गरेकी छन्, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका म्यानेजर जासे मोरिन्होकी श्रीमती माटिल्डे फरियाले। पोर्चुगलका पूर्वफुटबलर तथा प्रशिक्षक मोरिन्होलाई एक सफल फुटबल टाइकुन बनाउन माटिल्डेले महत्वपूर्ण भूमिका खेलेकी छन्।

सन् १९८९ मा विवाह गर्नुअघि नै उनीहरूले लामो समय प्रेम गरेका थिए। प्रेमलाई विवाहमा परिणत गरेपछि माटिल्डेले मोरिन्होलाई सदैव प्रेरणा दिइरहिन्। उनकै प्रेरणाले मोरिन्हो एक सफल खेलाडी, प्रशिक्षक हुँदै विश्वका सफल फुटबल व्यवस्थापक बन्न सफल भए। उनलाई पोर्चुगल फुटबल संघले ‘कोच अफ दी सेन्चुरी’बाट सम्मान गर्‍यो। दुई सन्तानका अभिभावक मोरिन्हो र माल्टिडेको जोडीलाई पनि फुटबलको आदर्श जोडीका रूपमा हेरिन्छ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.