प्रधानमन्त्री देउवा र विदेशमन्त्री स्वराजबीच बालुवाटारमा वार्ता
काठमाडौँः नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधामन्त्री शेरबहादुर देउवाबीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ ।
बिहीबार नेपाल भ्रमणमा आएकी स्वराजले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेर प्रधानमन्त्री देउवालाई भेटेपछि भेटको श्रृंखला टुंग्याउनेछिन् ।
भेटका क्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्य मन्त्री सुनिलबहादुर थापा र अर्थराज्यमन्त्री उदय शमशेर राणा पनि सहभागी छन् ।
भेटवार्तामा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले यो भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन विदेशमन्त्री स्वराजसँग छलफल भइरहेको बताएका छन् ।
It was a pleasure welcoming India's Minister of External Affairs, Ms @SushmaSwaraj, to Baluwatar this afternoon. We discussed ways to further bolster the multi-faceted Nepal-India ties. pic.twitter.com/BYKXNJs50s
— Sher Bahadur Deuba (@PM_Nepal) February 2, 2018