प्रदेश २ को संसदमा देखिएन दौरा सुरुवाल !
काठमाडौँः जनकपुरमा बसेको प्रदेश नम्बर २ को संसद बैठकमा कुनै बेलाको राष्ट्रिय पोशाक अघोषित निषेधमा परेको छ । मधेसवादी दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको बहुमत रहेको दुई नम्बर प्रदेशको संसदमा मयार्दापालकदेखि कर्मचारी र सांसद समेत दौरा सुरुवालमा देखिएनन् ।
अन्य प्रदेशमा पुरुष मर्यादापालक दौरा सुरुवाल र महिला मर्यादापालक साडी चोलोमा सजिएको अवस्थामा प्रदेश २ को संसदमा भने उनीहरु अनौपचारिक पोशाकमै थिए ।
सांसदहरु सबैले आफ्नो अनुकुलको पोशाक लगाएर बैठकमा पुगेका थिए । सांसदहरु कुर्ता र पाइजामा, पाइन्ट कोट र धोती कुर्तामा देखिएका थिए । केही मर्यादापालकले सुट पाइन्ट लगाएर बैठकस्थलमा पुगेका थिए ।
पोशाकमा एकरुपता हुँदा संसदमा अनौठो देखिएको थियो । संसद बस्नुअघि प्रदेश २ को सर्वदलीय बैठक मधेसवादी दलहरुले दौरा सुरुवाललाई बहिष्कार गर्ने बताएका थिए ।
त्यसैगको परिणामस्वरुपः दौरा सुरुवाल प्रदेश २ को संसद बैठकमा बहिष्कारमा परेको हो । बैठकमा पुगेका मर्यादापालकदेखि कर्मचारीसम्मले दौरा सुरुवाल र साडी चोलो सिलाएर पनि लगाउन पाएनन् ।
मधेसवादी दलहरुले पनि पोशाकलाई एकरुपता दिन सकेनन् । मधेसवादी दलका पुरुष सांसदहरु पनि कोही सुट पाइन्टमा सजिएका थिए भने कोही धोती कुर्तामा त कोही पाइजामा ।