बूढासुब्बा गोल्डकपः संकटासँग बदला लिँदै पुलिस फाइनलमा

बूढासुब्बा गोल्डकपः संकटासँग बदला लिँदै पुलिस फाइनलमा

धरानः नेपाल पुलिस क्लब धरानमा जारी २० औँ अन्तराष्ट्रिय आमन्त्रण बूढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता संकटा क्लबलाई २–१ गोलले पराजित गर्दै पुलिसले फाइनल यात्रा तय गरेको हो ।

यो जितसँगै पुलिसले संकटासँग तीन महिना अगाडि चन्द्रगिरी गोल्डकपमा भोगेका हारको बदला समेत लिएको छ । उपाधिका लागि शनिवार पुलिसले थ्रीस्टार र भारतको दुर्गापुर स्टिल क्लबको विजेतासँग खेल्ने छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलको पुलिसले ५४औँ मिनेटमा गोल गर्दै १–० को अग्रता बनायो । पुलिसका रेजिन सुब्बाले संकटाका रक्षापक्तिका खेलाडीलाई छक्याउँदै प्रहार गरेको बलले जाली चुमेको थियो ।

१–० ले पछि परेको संकटा पुलिसविरुद्ध आक्रमक बन्दै ६४औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउन सफल भयो । संकटाका केड्रिक अब्बाले दिएको क्रस पासलाई सदुपयोग गर्दै प्रकास बुढाथोकीले गरेको सशक्त प्रहार गोलमा परिणत भयो ।

निर्धारित समयमा १–१ को बराबरी खेलेको पुलिसले अतिरिक्त समयमा संकटालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । १०४औं मिनेटमा बुद्ध लामाले हेड गोल गर्दै पुलिसलाई फाइनल प्रवेश गराए । बुद्धले रेजिन सुब्बाको फ्री किक बललाई हेडबाट गोलमा परिणत गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.