आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ : नामिबियासँग भिड्दै नेपाल

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ : नामिबियासँग भिड्दै नेपाल

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा बिहीबार नेपालले आयोजक नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दा सुखद नतिजाको अपेक्षा गरिएको छ। नेपालले स्थानीय टोली नामिबियाविरुद्ध राजधानी विन्दहोइकस्थित वन्डेरर्स अफिज पार्कमा नेपाली समयअनुसार १:३० बजेपछि खेल्नेछ।

डिभिजन एकमा फर्कंदै एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा पुग्ने अन्तिम अवसरको रूपमा रहेको यस प्रतियोगितामा आफ्नो सम्भावना कायमै राख्न नेपाललाई नामिबियाविरुद्ध सुखद सुरुवात आवश्यक छ। विभिन्न ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई स्थान हात पार्ने टोली डिभिजन एकमा बढुवा हुनुका साथै अर्काे वर्ष इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप क्रिकेटको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि छानिने छन्।

सन् २०१५ देखि २०१७ को दुई वर्षको अवधिसम्म चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारभित्र अटाउन नसकेपछि नेपाललाई डिभिजन दुईको प्रतियोगिता खेल्नु परेको हो। नामिबियाविरुद्धको खेलमा नतिजाका लागि खेलाडीको प्रदर्शनबाहेक अन्य केही पक्ष पनि महत्वपूर्ण हुन सक्नेछन्।

विन्दहोइकको वन्डेरर्स अफिज पार्क नेपाली खेलाडीका लागि परिचित मैदान हो। यद्यपि नेपालले सो मैदानमा अहिलेसम्म जित हात पार्न सकेको छैन। सन् २०१५ मा भएको डिभिजन दुईकै प्रतियोगितामा नेपालले युगान्डाविरुद्धको एक र केन्याविरुद्धको दुई खेल खेलेको थियो, जसमा तीनै खेलमा नेपाल जित हात पार्न असफल भएको थियो।

त्यसबेला तेस्रो स्थानका लागि भएको खेलमा समेत केन्यासँग १५ रनले पराजित भएपछि नेपाल डिभिजन एकमा बढुवा हुन असफल भएको थियो। आईसीसीले पछि डिभिजन एकमा बढुवा गर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर दिए पनि सन् २०१७ को डिसेम्बरमा सम्पन्न सो प्रतियोगिताको शीर्ष चारभित्र अटाउन नसक्दा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँगै फेरि डिभिजन दुईमै घटुवा भएको हो।

नेपाल र नामिबियाको टोलीमा एकअर्कासँग यसअघि नै खेलिसकेका खेलाडीको बाहुल्य रहेकाले पनि प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ। नेपालको टोलीमा यसअघि नामिबियाविरुद्ध खेलिसकेका नौ खेलाडी छन्, जसमध्ये सात खेलाडीले नामिबियाविरुद्ध गत मार्चमा नेपालमै भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा खेलेका थिए। नामिबियाको टोलीमा पनि यसअघि नेपालविरुद्ध खेलिसकेका १३ खेलाडी छन्, जसमध्ये नौ खेलाडीसँग नेपालविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलेको अनुभव छ।

यसअघिको नतिजालाई हेर्ने हो भने नमिबियाविरुद्ध नेपाललाई बलियो मान्न सकिन्छ। ५० ओभरको खेलमा अहिलेसम्म खेलेको चार खेलमध्ये नेपालले तीनमा जित हात पारेको छ। पछिल्लो समय नामिबियाविरुद्ध भएका सबै प्रतिस्पर्धामा विजयी रहेकाले यस पटकको नतिजा पनि नेपालको पक्षमा आउने अपेक्षा गर्न सकिन्छ।

नेपालले सन् २०१५ को डिभिजन दुई प्रतियोगितामा नामिबियालाई तीन विकेटले पराजित गरेको थियो। नेपालले त्यसपछि विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत गत मार्चमा कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दुईमध्ये पहिलो खेलमा पाँच तथा दोस्रो खेलमा तीन विकेटको जित हात पारेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.