पहिलो ओभरमै नेपाललाई सफलता : नमिबियाको दुई विकेट गुम्यो
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नेपालले आकर्षक सुरुवात गरेको छ । आयोजक नामिबियासँगको उद्घाटन खेलमा नेपालले पहिलो ओभरमै विकेट लिएको हो ।
नेपाली समय अनुसार साढे एक बजेछिको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नामिबियाको विन्दहोइकस्थित वन्डेरर्स अफिज पार्कमा खेल जारी खेलमा नेपालका बलर सोमपाल कामीले नामिबियाका प्रारम्भिक ब्याट्सम्यान एलपी भानलाई शून्यमै आउट गराएका छन् । पहिलो ओभरको तेस्रो बलमै सोमपालले विकेट लिएका हुन् ।
त्यस्तै दोस्रो विकेट समेत सोमपालले नै लिएका छन् । पहिलो ओभरमै एक विकेट लिएका सोमपालले पाँचौ ओभरमा दोस्रो विकट लिएका हुन् । सोमपालले दोस्रो विकट लिँदा नामिबियाका स्टेफान बार्ड १८ रनमा आउट भए । दुई विकेटको क्षतिमा नामिबियाले ४४ रन बनाएको छ ।