नेपाललाई चौथो सफलता : बसन्त रेग्मी र सन्दीप लामिछानेले लिए विकेट
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नेपाल र नामिबियाको खेल जारी छ। टस जितेको नेपालले फिल्डिङ रोजेको छ। जारी खेलमा १२ ओभरमा नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ।
बसन्त रेग्मीले जेपी कोर्टजेटको विकेट लिएका हुन्। त्यसै सन्दीप लामिछानेले समेत अर्को विकेट लिएर नेपाललाई चौथो सफलता दिएका छन्। सन्दीपको विकेटसँगै नेपालले १३ ओभरमा चार विकेट लिएको छ। नामिबियाले ८० रन बनाएको छ। सन्दीपले १२ ओभरको समाप्तीमा क्रेक विलियमसलाई आउट गरेका हुन्।
नामिबियाको विन्दहोइकस्थित वन्डेरर्स अफिज पार्कमा खेल जारी खेलमा नेपालका बलर सोमपाल कामीले दुई विकेट लिएका हुन्। कामीले नामिबियाका प्रारम्भिक ब्याट्सम्यान एलपी भानलाई शून्यमै आउट गराएका थिए। पहिलो ओभरको तेस्रो बलमै सोमपालले पहिलो विकेट लिएका हुन्। त्यस्तै दोस्रो विकेटसमेत सोमपालले नै लिए। सोमपालले दोस्रो विकेट पाँचौ ओभरमा लिएका हुन्।
सोमपालले दोस्रो विकट लिँदा नामिबियाका स्टेफान बार्ड १८ रनमा आउट भए।