नेपाललाई पाँचौ सफलता : कप्तान पारसले लिए विकेट
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नेपाल र नामिबियाको खेल जारी छ । टस जितेको नेपालले फिल्डिङ रोजेको छ ।
१५.६ ओभरमा पारस खड्काले पाँचौ विकेट लिएका छन् । यसअघि सोमपाल कामीले दुई विकेट लिइसकेका छन् भने बसन्त रेग्मी र सन्दीप लामिछानेले एकएक विकेट लिएका छन् । १६ ओभर पुग्दा नामिबियाले पाँच विकेटको क्षतिमा ८० रन बनाएको छ ।