तीन औषधि पसलमा ताला

तीन औषधि  पसलमा ताला

नेपालगन्ज : औषधि  व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले तीनवटा औषधी पसलमा तालाबन्दी गरेको छ । विभागले मापदण्ड विपरित औषधी बिक्री गरेको आरोपमा पहिलो कारवाही स्वरुप केही समयका लागि औषधि  पसलमा तालाबन्दी गरेको हो ।

पटक पटक सुधारका लागि अनुरोध गर्दा पनि अटेर गरेपछि पहिलो कारबाही स्वरुप औषधि  पसल बन्द गरिएको विभाग नेपालगन्जका प्रमुख निनु श्रेष्ठले बताइन् । ‘हामीले उहाँहरुलाई पटक–पटक सम्बन्धित व्यक्ति औषधि  विक्री वितरणमा बसाल्न भन्थ्यौं तर त्यसो नगरेको पाइयो’ उनले भनिन्, ‘अनुमगनका क्रममा मापदण्ड विपरित सञ्चालनमा आएका र नेपालमा प्रतिवन्धित औषधिहरु बिक्री वितरण भइरहेको पाइएपछि चेतावनी स्वरुप केही पसलमा तालाबन्दी गरेका हौं ।’

औषधी विभाग नेपालगन्ज कार्यालयका कर्मचारी र सरोकारवालाहरुको टोलीले अनुगमनका क्रममा राँझा, नेपालगन्ज मेडिकल कलेज र भेरी अञ्चल अस्पताल अगाडी सञ्चालनमा रहेका औषधि  पसलमा शीलबन्दी गरेको हो । नेपालगञ्ज मेडिकल कलेज अगाडि सञ्चालनमा रहेको दर्शन मेडिकल २१ दिन, राझा चौकमा सञ्चालनमा रहेको पवन मेडिकल १५ दिन र भेरी अञ्चल अस्पताल अगाडी सञ्चालनमा रहेको हेल्थ स्टार फार्मेसी ३० दिनका लागि बन्द गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.