नामिबियाले दिएको लक्ष्य पछ्याउँदै नेपाल (फोटोफिचर)

नामिबियाले दिएको लक्ष्य पछ्याउँदै नेपाल (फोटोफिचर)

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ।

पहिलो ब्याटिङ गरेको नामिबियालाई नेपालले ३४.२ ओभरमा अलआउट गरेको हो। नेपालका लागि सर्वाधिक सन्दीप लामिछानेले चार विकेट लिए। सोमपाल कामी तीन, बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकर एकएक विकेट लिए।

१३९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ। २५ ओभरमा नेपालको छ विकेट गुमेको छ। नेपालका कप्तान पारस खड्का ३५ बलमा १९ रन बनाए आउट भए भने ओपनर ब्याट्सम्यान दिलिप नाथ शुन्य रनमै आएट भए।

तस्बिर सौजन्य : रमन सिवाकोटी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.